|
|
|
|
२९ कात्तिक, काठमाडौं । युएईमा शुक्रबारदेखि सुरु भएको ट्वान्टी-२० विश्वकप छनोटको पहिलो खेलमा डेनमार्कले नेपालसामू ८० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । जवाफी व्याटिङ थालेको नेपालले २ विकेट गुमाएको छ । पहिलो ओभरको चौथो बलमा प्रदीप ऐरी शुन्यमा आउट भने नेपालले रनको खाता नै खोल्न नपाई दोस्रो ओभरको पहिलो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भए । ६ ओभर २ विकेट गुमाएर २२ रन बनाएको छ । आइसीसी एकेडेमी ओभल २ मा टस जितेर पहिले व्याटिङ थालेको डेनमार्कले अन्तिम २ बल बाँकी छँदा सबै विकेट गुमाएर ७९ रन बनायो । नेपालका लागि सागर पुनले ३ ओभरमा १२ रन दिएर ३ विकेट लिए । बसन्त रेग्मीले २.४ ओभर बलिङ गर्दै ८ रन दिएर २ विकेट लिए भने समान विकेट लिएका जितेन्द्र मुखियाले ३ ओभरमा १६ रन दिए । कप्तान पारस खड्का र शक्ति गौचनको नाममा एक-एक विकेट रहृयो । अमृत भट्टराईले भने ३ ओभरमा १० रन खर्चिए पनि विकेट लिन सकेनन् । समूह बी मा रहेको नेपालले तुलनात्मकरुपमा बलियो प्रतिद्धन्दीको सामना गर्नु पर्ने छ । नेपाल रहेको समूहमा डेनमार्क, केन्या, स्कटल्याण्ड, पपुवा न्यूगिनी, नेदरल्याण्डस्, बर्मुडा र अफगानिस्तान छन् । समूह एमा आयरल्याण्ड, क्यानडा, यूएई, नामिबिया, हङकङ, युगान्डा, अमेरिका र इटली छन् । कुल १६ टिमको सहभागिता रहेको प्रतियोगिताको शीर्ष ६ मा पर्ने टिमले अर्को वर्ष बंगलादेशमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् । -
डेनमार्कद्वारा ८० रनको लक्ष्य प्रस्तुत, नेपाल सम्हालिएर व्याटिङ गर्दै


0 comments:
Speak up your mind
Tell us what you're thinking... !