Headlines News :
Home » » प्रचण्ड: निकट कलाकारले केपी ओलीलाई हाँस्य सिरियल खेलाउने

प्रचण्ड: निकट कलाकारले केपी ओलीलाई हाँस्य सिरियल खेलाउने



संविधान सभाको निर्वाचनमा सही पार्टीलाई मत दिए मात्र सही संविधान बन्ने भन्दै विभिन्न कलाकारहरु एमाओवादीको पक्षमा भोट माग्न व्यस्त देखिएका छन् पूर्वी नेपालमा पुगेका कलाकारहरुले दैनिक वटा भन्दा बढि सांकृतिक कार्यक्रम गर्दै जनतालाई एमाओवादीको पक्षमा भोट हाल्न आग्रह गरिरहेका छन्
कलाकारहरुको टोलीमा गायक जेवी टुहुरे, शम्भु राई, प्रदिप देवान, संगीतकार चेतन सापकोटा लगायतका छन् ।यसैगरी एमाओवादी निकट जनसाँस्कृतिक महासंघ अन्तर्गत कोचिलाको सुखानी साँस्कृतिक परिवारले तीन जिल्लाका १२ निर्वाचन क्षेत्रका २० स्थानमा साँस्कृतिक कार्यक्रम गरी भोट एमाओवादीलाई दिन आग्रह गरेको सुखानीले २२ वटै क्षेत्रमा कार्यक्रम गर्ने टोली संयोजक कुशेश्वर राईले जानकारी दिएका छन् कार्यक्रममा चलचित्र निर्देशक केपी पाठक, हाँस्य कलाकारहरु सुलेमान शंकर(इकु), विष्णु सापकोटा (हर्के हवल्दार), सुरवीर पण्डित (दाह्री) लगायतले एमाओवादीलाई जिताउन आग्रह गरेको हो यसअघि झापा दमकमा भएको चुनावी कार्यक्रममा पनि ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहेको थियो चर्चित हाँस्य कलाकारले झापा क्षेत्र नम्बर को लखनपुरमा भएको चुनावी सभामाचुनाव चिन्ह हँसिया हथौडा पो हुनुपर्छ, सूर्य चुरोट पनि हुन्छ’ भन्दै एमाओवादीलाई जिताएर परिवर्तनको प्रक्रिया सार्थक बनाउन आग्रह गरेका थिए उनीहरुले हाँस्यरस पस्कने केपी ओली आफूहरुको मित्र भएको बताउँदै चुनाव हारेपछि सिरियलमा अभिनय गर्न दिने बताएका थिए झापा गौरादहका वासिन्दा तथा चर्चित हाँँस्य कलाकार सिताराम कट्टेल -धुर्मुस) पनि मंसिर गते क्षेत्र नम्बर ले आयोजना गर्ने चुनावी सभामा सहभागी हुने वुझिएको

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार