Headlines News :
Home » » काठमाडौंमा २ माधवकुमार नेपाल: आक्रामक, लीलामणि रक्षात्मक (भिडियो सहित)

काठमाडौंमा २ माधवकुमार नेपाल: आक्रामक, लीलामणि रक्षात्मक (भिडियो सहित)



२४ कात्तिक, काठमाडौं अघिल्लो संविधानसभामा काठमाडौं- बाट अपत्याशित रुपमा पराजय व्यहोर्नुभएका एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यसपालि आफ्नो चुनाव क्षेत्रमा आक्रामक देखिनुभएको भने पहिलो संविधानसभामा विजय हासिल गरेको दल नेकपा एमाओवादीका उम्मेद्वार लीलामणि पोख्रेल रक्षात्मक अवस्थामा पुग्नुभएको ।काठमाडौं क्षेत्र नं को अवस्था बुझ्न अनलाइनखबरको टोली स्थलगत भ्रमणमा नस्किँदा मतदाताहरुले पूर्वसभासद झक्कु सुवेदीप्रति तिव्र असन्तुष्टि व्यक्त गरे



 


उता एमाले कार्यकर्ताले भने उत्साही हुँदै यसपटक / हजारको मतान्तरले चुनाव जितिने दाबी गरे यसपालि काठमाडौं मा आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेस रहेको बताउँदै एमाओवादीका लीलामणि पोख्रेल तेस्रो स्थानमा झर्ने एमाले कार्यकर्ताले दाबी गरे एमाओवादीका कार्यकर्ताले भने आफ्नो प्रतिस्पर्धी कांग्रेस उम्मेद्वार प्रतिमा गौतमसँग नभएर माधव नेपाल नै हुने बताए यद्यपि एमाओवादी कार्यकर्ताहरु लीलामणिले चुनाव जित्नेमा आफैं पनि ढुक्क देखिएनन्


के भन्छन् एमाओवादी कार्यकर्ता ?

काठमाडौं वडा नं ३५ स्थित पाल्पाकोट बुथ कमिटीका एमाओवादी कार्यकर्ता बसन्त केसीले पूर्वसभासद झक्कुप्रसाद सुवेदी आफ्नो निर्वाचन क्षेत्रमा फर्केर नआएको मतदाताहरुले गुनासो गर्ने गरेको अनलाइनखबरलाई बताउनुभयो उहाँहरुले तपाईहरु यसपालि तेस्रो स्थानमा आउनुहुन्छ भनिरहनुभएको , माया गरेको भनेको होला भन्दै हामी यसलाई शिक्षाका रुपमा लिएर चुनाव जित्ने प्रयासमा लागेका छौं

नेपाली कांग्रेस छाडेर भर्खरै एमाओवादीमा प्रवेश गर्नुभएका गोठाटारका रवि गौतम लीलामणि पोखरेलको प्रचार शैलीप्रति सन्तुष्ट देखिनुहुन्न जहाँ जाँदा पनि मतदाताले पहिले जिताएका पूर्वसभासद एकपटक पनि फर्केर नआएको गुनासो सुनाउने गरेको त्यही कारणले गर्दा विद्वान राम्रा उम्मेद्वार पोख्रेललाई अप्ठ्यारो परिरहेको गौतम गुनासो गर्नुहुन्छ साथै माधव नेपालले टोलटोलमा पुगेर यस्तो विकास गर्छु उस्तो गर्छु भन्दै आश्वासन बाँड्ने गरेको तर लीलामणि पोखरेलले यस्ता विषयमा नबाल्ने गरेको गौतम बताउनुहुन्छ

झक्कु सुवेदी शुरुमा काठमाडौं मा नआएर प्रचण्डको छोरीको क्षेत्रमा प्रचारमा हिँडेको तर काठमाडौं का मतदाताले भने लीलामणिलाई झक्कु खोई भनेर सोध्ने गरेकाले माहौल बिगि्रएको एमाओवाद किार्यकर्ताले अनलानखबरलाई बताए उहाँ १० नम्बरतिर भोट माग्न हिँड्नुभएको सुनिन्थ्यो, मतदाताले हामीलाई झक्कुबारे सोधेर हैरान पार्थे, केही दिन यताचाहिँ झक्कु पनि नम्बर क्षेत्रतिर देखिन थाल्नुभएको ।’ एमाओवादी कार्यकर्ताले भने

पाल्पाकोट बुथ कमिटीको कार्यालयमै विहान ११ बजेतिरै टन्न लोकल रक्सी खाएर मातेको अवस्थामा भेटिएका एक युवा प्रकाश श्रेष्ठले चाहिँ अनलाइनखबरको टोलीसँग भन्नुभयो- ‘मतदाता नामावलीमा फोटो नभएकाले भोट दिन पाइन्छ कि पाइँदैन ? विदेश गएर आएकाहरुले फोटो खिच्न पाएका छैनन्, यस्ताले भोट दिन पाइन्छ कि पाइँदैन, पनि यस्तै पीडित हुँ ।’

माधवकुमार नेपालको घरभन्दा केही माथिपट्टकिो डाँडामा खोलिएको एमाओवादी प्रचार कार्यालयमा भेटिनुभयो एमाओवादीका गोठाटार गाउँ कमिटी अध्यक्ष भोला चापागाईं उहाँले काठमाडौं नम्बर क्षेत्र अन्तरगत डाँछी, नाङ्लेभारे, सुनाटोल, लप्सीफेदीलगायतका गाविसहहरुमा पार्टीको प्रभाव पहिलेको भन्दा कमजोर बनेको बताउनुभयो तर, नगरपालिकाभित्रका नम्बर ३५ नं वडाका साथै गोठाटारमा पहिलेको भन्दा स्थिति सुधि्रएको दाबी गर्नुभयो चापागाईले महानगरपालिकामा स्थिति सुध्रेको बताए पनि काठमाडौं ३५ अन्तरगत नरेफाँट क्षेत्रमा माधव नेपालको मात्रै एकछत्र प्रचार देखिएको थियो आचारसंहिताको समेत वास्ता नगरी बाटैभरि तोरण टाँगेर माधव नेपालको तस्वीर सूर्य चिन्ह झुण्ड्याइएको भेटियो भने लीलामणिको पम्प्लेट फाट्टफुट्ट मात्रै भेटिए


माधवले जित्नेमा एमाले कार्यकर्ता ढुक्क
यसपालि काठमाडौं मा माधव नेपालले भारी मतान्तरले चुनाव जित्नेमा एमाले कार्यकर्ताहरु भने ढुक्क देखिए कोटेश्वरस्थित माधव नेपालको प्रचार कार्यालयमा भेटिएका सुरेश निरौलाले भन्नुभयो- यो क्षेत्र ०४८ सालदेखि नै एमालेको गढ हो ०६४ सालमा हामीले हेलचेक्रयाइँ गर्नाले थोरै मतान्तरले चुनाव हारिएको हो, तर यसपालि / हजार मतान्तरले हामी चुनाव जित्दैछौं काठमाडौं मा लीलामणि पोख्रेलसँग एमालेको प्रतिस्पर्धा नहुने भन्दै निरौलाले माधव नेपालको प्रतिस्पर्धी कांग्रेसको प्रतिमा गौतम रहेको बताउनुभयो


झक्कु सुवेदीका मतदाता के भन्छन् ?

पेप्सीकोलामा हामीले केही मतदातालाई सोध्दा उनीहरुले यसअघि एमाओवादीका झक्कुप्रसाद सुवेदीलाई मतदान गरेको तर, उहाँ फर्केर एकपटक पनि नआएको भन्दै यसपालि माधव नेपाललाई मतदान गर्ने खुलेर बताए पेप्सीकोलामा भेटिएमा अनिल राजेन्द्र श्रेष्ठले पहिले झक्कुलाई भोट दिएको तर यसपालि माधव नेपाललाई दिने बताउनुभयो आँगनमा लसुन पोको पारिरहनुभएका किसान अष्टबहादुर श्रेष्ठले अघिल्लो चुनावमा परिवारले एमाओवादी एमालेलाई बाँडेर भोट हालेको तर यसपालि घर सल्लाह गर्न बाँकी रहेको बताउनुभयो कसलाई भोट हाल्नुहुन्छ भन्ने प्रश्नमा उहाँले उल्टै अनलाइनखबरलाई प्रश्न गर्नुभयो- ‘कसलाई भोट दिँदा ठीक होला ? तपाई नै बताइदिनोस् ।’


आचारसंहिता उल्लंघनमा पनि माधव नै अगाडि
काठमाडौं भनेको राजधानीको चुनाव क्षेत्र, त्यसमा पनि पूर्वप्रधानमन्त्री तथा भावी प्रधानमन्त्री उठेको क्षेत्र तर, यो क्षत्रेमा निर्वाचन आचार संहिताविपरीत सडकै ढाकेर तोरन टाँग्ने पोष्टर टाँस्ने कार्यमा माधव नेपाल लगाडि देखिनुभएको विशेषगरी कोटेश्वर आसपासको नरेफाँट क्षेत्रमा प्रवेश गर्दा यस्तो देखिन्छ कि त्यहाँ कुनै विवाह समारोह भैरहेको पूर्व प्रधानमन्त्रीले नै यसरी नियम मिच्न मिल्छ ? यस्तो प्रश्न गर्दा एमाले कार्यकर्ता सुरेश निरौलाले आफूहरुले आचारसंहिता उल्लंघन नगरेको, हेलिकोप्टर नचढेको प्रतिक्रिया दिनुभयो पाल्पाकोट बुथ कार्यालयका एमाओवादी कार्यकर्ता बसन्त केसीले आफ्नो कार्यालय वरिपरि तोरण टाँग्नुको कारण सोध्दा एमालेले टाँगेको देखेर आफूहरुले पनि सिको गरेको बताउनुभयो

उता बज्र योगिनीमा एमाओवादी कार्यकर्ताले वाइसिएल क्याम्प खडा गरेको एमाले कार्यकर्ताको आरोप तर, यसबारे सोध्दा एमाओवादी नेता भोला चापागाईले भन्नुभयो, ‘यो आरोप गलत हो, हामीले कतै क्याम्प खडा गरेका छैनौं ।’ लीलामणिको निर्वाचन क्षेत्रअन्तरगत पर्ने काठमाडौं मा ०६४ को चुनावमा झक्कुलाई जिताउन अहोरात्र खट्ने पुरानो बानेश्वरका धनबहादुर पन्त यतिबेला वैद्य माओवादीको राज्य समिति सदस्य हुनुहुन्छ पन्तसँग बरु माधव नेपालले भोट माग्न भ्याउनुभएको तर, एमाओवादी कार्यकर्ताले अहिलेसम्म मत मागेका छैनन् काठमाडौं क्षेत्र नं. अन्तरगत पुरानो बानेश्वर, नाङ्लेभारे, सुनाटोलमा वैद्य माओवादी बलियो पार्टी फुटको प्रभाव डाँछी, लप्सीफेदी मूलपानी गोठाटार गाविसमा पनि देखिएको


झक्कुले बनाएको फोहोर पोखरेललाई जिम्मा
एमाओवादी उम्मेद्वार लीलामणि पोख्रेल व्यक्तिगतरुपमा असल इमान्दार नेता मानिनुहुन्छ वौद्धिकता वाक क्षमतामा पनि उहाँलाई विगतमा मदन भण्डारीसँग तुलना गरिन्थ्यो ०४८ सालको प्रतिनिधिसभामा उहाँले ललितपुरबाट विजयी भई कृष्णबहादुर महरासँगै संयुक्त जनमोर्चाका नौ सांसदको प्रतिनिधित्व गर्नुभएको थियो त्यसबेला संसदमा पोखरेलले खेलेको भूमिका सह्रानीय थियो टनकपुर सहमतिविरोधी राष्ट्रियताको आन्दोलनमा पोखरेलको भूमिका उदाहरणीय थियो

तर, ०६४ को चुनावमा एमाओवादीकै कार्यकर्ताले प्रचण्डको आदेशलाई उल्लंघन गर्दै धोका दिएर सिन्धुलीमा पोखरेललाई पराजीत गरे पोखरेललाई हराउने निरु दर्लामी यतिबेला वैद्य माओवादीमा हुनुहुन्छ संसदीय राजनीतिमा प्रभावकारी मूभिका खेल्न सक्ने पोखरेलजस्ता राम्रा नेतालाई माधव नेपालसँग भिडाएर एमाओवादीले झक्कु सुवेदीलाई चाहिँ समानुपातिकमा राखेको झक्कुकै बद्नामीको भारी बोकेर यसपालि लीलामणिले पराजय ब्यहोर्नुपर्ने अवस्था देखिएको , तर काठमाडौं का मतदाताले एमाओवादीलाई मत नदिए पनि झक्कु सभासद बन्ने लगभग पक्का , जसरी विगतमा काठमाडौं का जनताले बहुमत नदिए पनि माधव नेपाल सभासद, संवैधानिक समितिको सभापति प्रधानमन्त्रीसम्म बन्नुभयो दोस्रो संविधानसभामा ल्हारक्याल लामा सभासद बन्ने लीलामणि पोखरेलजस्ता नेता दोस्रोपटक सडकछाप बन्ने सम्भावना प्रवल बनेको काठमाडौं मा त्यसो कात्तिक २९ गते कोटेश्वरको महादेवस्थानमा प्रचण्ड लागायतका शीर्ष नेताको उपस्थितिमा सभा गर्ने त्यसले लीलामणि पोखरेलको पक्षमा माहौल ल्याउने एमाओवादी नेताहरुको तर्क


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार