|
|
|
|
लण्डन । लिम्बुवान स्वायत्त नागरिक एकता समाज बेलायतले फेल्थाम कम्यिनिटि कलेजमा संस्थाको भावी उदेश्य तथा कार्यक्रम सम्बन्धि जानकारी एबं अन्तरक्रिया कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ । शनिवारका संस्थाका अध्यक्ष दिल सम्बाहाम्फे लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिब सुरेश कन्दङ्वा लिम्बूले गर्नु भएको थियो । थुप्रै संघ-संस्थाका प्रतिनिधिहरु , बिभिन्न राजनीतिक पार्टीका भातृसंगठनका प्रतिनिधिहरु , समाजका विशिष्ट व्यक्तिहरु एबं लिम्बुवानवासीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा उपाध्यक्ष निर्मल पतङ्गवा लिम्बूले स्वागत मन्तब्य दिनु भएको थियो भने सल्लाहकार प्रसाद थेबेले लिम्बुवानको एतिहासिक पृष्ठभूमिको बारेमा जानकारी गराउनुका साथै शासकहरुले लिम्बुवानको हक अधिकारहरु एक पछि अर्को गर्दै कसरि खोसेका थिए त्यसको बारेमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा अध्यक्ष दिल सम्बाहाम्फेले पूर्ण अधिकार सहितको स्वायत्त लिम्बुवान प्राप्तिको खातिर लिम्बुवानमा संघर्षरत राजनैतिक एबं गैर राजनैतिक दलहरु , संघ-संस्थाहरुलाई निस्वार्थ भावनाले लाग्न दबाव दिने उदेश्यले बेलायतमा सम्पूर्ण लिम्बुवानवासी नेपालीहरुको साझा चौतारीको रुपमा यस संस्थाको स्थापना भएको प्रष्ट पार्नुका साथै लिम्बुवानका सम्पूर्ण शक्तिहरु एक भएर लिम्बुवानको आन्दोलनलाई सहि ढंगले हाँक्न सकेमा आन्दोलनले सहि मार्ग पकड्ने र लिम्बुवान प्राप्तिको उदेश्य पुरा हुने विचार व्यक्त गर्नु भएको थियो । त्यसैगरी अर्का उपाध्यक्ष नरेन्द्र मावोहाङ्गले संस्थाको नीति एबं उदेश्यको बारेमा प्रष्ट पार्नु भएको थियो भने महासचिब सुरेश कन्दङ्गवाले निकट भविष्यमा वृत चित्र बनाएर आर्थिक संकलन गरि दैबि-प्रकोप ,स्वास्थ्य , शिक्षा , गरिबी उन्मुलन लगायतका क्षेत्रमा सहयोग गर्ने संस्थाको भावी योजना रहेको प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा कोषाध्यक्ष सन्तवीर नेम्बाङ्गले संस्थाको कोषको बारेमा जानकारी दिनु भएको थियो । धनकुटा समाज बेलायतका अध्यक्ष धन लिम्बू, पांचथर समाज बेलायतका अध्यक्ष एकराज नेम्बाङ्ग ,तेह्रथुम समाज बेलायतका प्रतिनिधि डाक्टर राम नारायण कन्दङ्गवा , ताप्लेजुङ्ग समाज बेलायतका प्रतिनिधि राजेन्द्र खिम्दीङ्ग लगायत अन्य थुप्रै महानुभावहरुले कार्यक्रममा आ-आफ्ना धारणा राख्नु भएको थियो । जुनसुकै सिदान्त ,विचार बोके पनि लिम्बुवानको सवालमा सबै एक भएर लाग्नु पर्नेमा सबै बक्ताहरुले जोड दिएका थिए | कार्यक्रम दिउँसो १२ बजे शुरु भएर ६ बजे समाप्त भएको थियो । -


0 comments:
Speak up your mind
Tell us what you're thinking... !