|
|
|
|
काठमाडौं - नेकपा एमाओवादीले आगामी संविधान सभा निर्वाचनको प्रत्यक्ष तर्फको लागि अन्तिम उम्मेदवारको नामावली प्रकाशित गरेको छ। आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै एमाओवादीले टिकट पाउने अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरेको हो। एमाओवादीमा प्रवेश गरे लगत्तै चर्चामा रहेकी रेखा थापाले अन्तत: एमाओवादीको प्रत्यक्ष तर्फको टिकट पाएकी छैनन् ।
उनलाई पर्सा क्षेत्र नम्वर १ बाट पार्टीले टिकट दिने चर्चा चलेको थियो। तर उनको सट्टा पार्टीले बलिराम साहलाई टिकट दिएको छ ।
यसैगरी डोटी क्षेत्र नं २ को लागि सिफारिश भएका लेखराज भट्ट कैलाली- ५ मा आएका छन् भने सो ठाउँमा त्रिलोचन भट्ट पुगेका छन् । यस्तै झापा- ७ को लागि अहिलेसम्म कुनै उम्मेदवारको चयन भएको छैन । ओखलढुंगा-२ का बालकृष्ण ढुंगेलको सट्टा पेशल खतिवडाले टिकट पाएका छन् । यसैगरी धनुषा-१ बाट रामचन्द्र झा र सर्लाही- ५ बाट उर्मिला अर्यालले टिकट पाएका छन् ।
बारामा विवाद भएपछि पूर्व सभासद्द्वय जयराम दाहाल र शिवचन्द्र कुशबाह प्रत्यक्षबाट बाहिरिएका छन् । रौतहट क्षेत्र नं -२ बाट किरण साह चयन भएका छन् । सो क्षेत्रमा लड्ने भनिएका एमाले परित्याग गरि गएका शैलेन्द्र साह पनि बाहिरएका छन् ।
यस्तै पुष्पकमल दाहालकी छोरी रेणु दाहाल, 'बुहारी' बिना रानामगर कञ्चनपुर-१, भाइ नारायण दाहालले चितवन-३ बाट टिकट पाएका छन्।
दिदी देबी खड्काले प्रत्यक्ष तर्फ नलड्ने भनेपछि दिउसो उनका भाइ बिशाल खड्काले टिकट पाएर बाजी मारेका छन् । उनी दोलखा १ बाट मनोनयनमा परेका छन् ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !