Headlines News :
Home » » दृष्टिविहीनले आँखामा दाँत हालेपछि आँखा देखिन्न

दृष्टिविहीनले आँखामा दाँत हालेपछि आँखा देखिन्न



बेलायतमा झ्वाट्ट सुन्दा हुनै नसक्ने जस्तो घटना भएको आँखामा दाँत हालेपछि एक दृष्टि वीहिन पुरुष देख्न सक्ने भएका छन् आफ्नै एउटा दाँत आँखामा प्रत्यारोपण गरेपछि ती दृष्टिवीहिनको आँखाको ज्योति प्राप्त भएको हो समाचार अनुसार दुइ सन्तानका पिता इयान टिबेट्सले केही वर्षअघि एक दुर्घटनामा परि आँखाको दृष्टि गुमाएका थिए आँखाको ज्योति गुमेपछि अन्धकारमा जिवन बिताइरहेका इयानका लागि ससेक्स आँखा अस्पतालका नेत्र शल्यचिकित्सक क्रिस्टोफर लिउ भगवान नै सावित भए लिउले अस्पतालमा इयानको आँखाको शल्यक्रिया गरी उनकै दाँत प्रत्यारोपण गरिदिए ओस्टियो ओडोन्टो केराटोप्रोथेसिस भनिने उक्त दुइ चरणको शल्यक्रिया पछि इयान आँखा देख्न सक्ने भए शल्यक्रियाको पहिलो चरण्मा उनको दाँत निकालियो त्यसपछि त्यो दाँतमा लेन्स हालियो अनि लेन्स सहितको उक्त दाँत आँखाको गेडाभित्र राखियो यो पहिलो चरणको शल्यक्रिया सम्पन्न भएपछि केही महिना उनको आँखाभित्र दाँतमा तन्तुहरु विकशित हुन ती तन्तुमा तथा रक्तसंचार सुरु हुन दिइयो त्यसपछि आँखाको नानीको माथिल्लो भाग काटेर फ्याँकी त्यसमा दाँतको लेन्स सहितको भागलाई जडान गरियो त्यसपछि उनको शल्यक्रिया सम्पन्न गरियो उनले त्यसपछि आँखा देख्न थाले सुरुमा दुइ जना छोरालाई हेरे धेरै वर्षपछि आफ्ना छोरालाई देख्न पाउँदा चमत्कार जस्तै लागेको उनको भनाइ यद्यपि इयानको उक्त आँखाले पूरै देख्न सक्दैन तर ४० प्रतिशत दृष्टि भने प्राप्त भएको अहिले उनको आँखा गुलावी रंगको देखिन्छ नानीको रंग भने कालै -


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार