|
|
|
|
भारत, २७ असोज । भारतको ओडिसा राज्य र आन्ध्र प्रदेशमा शनिबार राति चलेको चक्रवात आँधीका कारण ५ जनाको मृत्यु भएको छ । हिजो साँझदेखी शुरु भएको चक्रवातका कारण रुप तथा विजुलीका पोल ढलेर उनीहरुको मृत्यु भएको हो ।
चक्रवातपछि समुद्रको पानी बस्तिमा पसेको छ भने करिव ५ लाख नागरिकलाई सरकारले सुरक्षित स्थानतिर सारेको छ । दुवै राज्यमा चक्रवातले घरहरु भत्काएको छ भने विद्युत अवरुद्ध भएको छ । ओडिसा र आन्ध्रंप्रदेशमा जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।
रातभर तिव्र वेगमा हुरी चलेको थियो भने ठूलो झरी पनि परेको थियो । तर विहान भएसँगै त्यहाँ हुरी र झरी विस्तारी कम हुदै गएको त्यहाँको मौषम विभागहरुले जनाएका छन् ।
चक्रवातको प्रकृति यसअघि अनुमान गरिएजस्तै भएको उनिहरुको भनाइ छ । अन्त्यन्तै शक्तिशाली भएपनि पूर्वानुमानका आधारमा सरकारले सुरक्षाका विधी समयमानै अपनाएकाले चक्रवातको प्रभाव तुलनात्मक रुपमा अनुमान गरिएभन्दा कम भएको पनि उनीहरुको भनाइ छ


0 comments:
Speak up your mind
Tell us what you're thinking... !