Headlines News :
Home » » टि्वटरकी हाकिमले भनिन् ( फेसबुकलाई भित्तामा पूराउँछौँ -)

टि्वटरकी हाकिमले भनिन् ( फेसबुकलाई भित्तामा पूराउँछौँ -)



सोसल साइट फेसबुक माइक्रो ब्लगिङ साइट टि्वटरबीचको वाक्युद्ध फेरि सतहमा आएको टि्वटरका हाकिमले फेसबुक विरुद्ध विषवमन गर्दै फेसबुकले आफ्नो प्रभुत्व जमाउँदै सबै चिज तोड्न तथा ध्वस्त पार्न चाहेको आरोप लगाएकी छिन् टि्वटरकी मिडिया विभाग प्रमुख कोल स्लाडेनले टि्वटर सोसल नेर्टवर्कको राम्रो विकल्प भएको यसले निकै उत्तम अनुभवको साझेदारी सिर्जना गरेको दाबी गरिन् फेसबुकका प्रयोगकर्ता धेरै भएपनि टि्वटरले एक अर्कासँग आबद्ध हुने मानविय आवश्यकता पूरा गर्ने युद्धमा विजय हासिल गरेको बताएकी छिन्
फेसबुक टि्वटर बिचको दुस्मनी सन् २००८ देखि नै सुरु भएको हो जब फेसबुकले टि्वटरलाई नै किन्न खोज्यो तर फेसबुक यो कुरामा सफल भने भएन त्यस्तै गएको वर्षो अप्रिलमा फोटो शेयरिङ साइट इन्स्ट्राग्राम खरीद गर्ने मामिलामा टि्वटरलाई पछाडि पार्दै फेसबुक सफल भएपछि टि्वटर फेसबुक बीचका रिसिइबी झनै चर्किएको हो त्यस्तै टि्वटरमा पोष्ट भएका तस्वीरहरु इन्स्ट्राग्राममा देखिने सेवा बन्द गरेसँगै सम्बन्ध झनै चिसियो त्यस्तै टि्वटरको सबैभन्दा चर्चित फिचर मानिने ह्यासट्यागको नक्कल जनबरीमा फेसबुकले समेत गरेपछि टि्वटर झनै चिढिएको हो एक अन्तरवार्ताका क्रममा स्लाडेनले फेसबुकले सबै कुरामा प्रभुत्व जमाउन सबै चिज तोड्न ध्वस्त पार्न खोजेको बताइन् तर यस्तो काममा टि्वटर नलागेको जिकिर उनको टि्वटरले मानवीयताको ख्याल गर्ने दाबी गर्दै उनले अब छिटै टि्वटरले फेसबुकलाई किनारामा धकेलिने ठोकुवा गरिन् स्मरण रहोस् आगामी महिला शेयर बजारमा प्रवेश गर्न लागेको टि्वटरले पछिल्लो समय आफ्नो फोटो शेयरिङ फिचर्स लगायतमा सुधार गरेको झण्डै २० अर्ब डलरको शेयर जारी गर्ने टि्वटरको योजना टि्वटरका अहिले विश्वभर गरि साढे २१ करोड प्रयोगकर्ता छन् -

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार