|
|
|
|
पछिल्लो अध्ययनले अनारको नियमित सेवन मुटुको स्वास्थ्यका लागि निकै लाभदायी भएको तथ्य पत्ता लगाएको छ । स्पेनी शोधकर्ताहरुले गरेको अध्ययनले अनारको सेवनले रक्तनलीलाई स्वस्थ राख्ने र त्यसले हृदयाघात लगायतका मुटुरोगको खतरालाई कम गर्ने देखाएको हो । यस क्रममा शोधकर्ताहरुले अनारमा पाइने पोलीफिनोल नामक तत्व भएको चक्की सुँगुरलाई खुवाएर सुँगरको रक्तसंचारको परीक्षण गरेका थिए । मानिसको सँग मिल्ने रक्तसंचार प्रणाली भएको
सुँगुरको रक्त नलीमा बोसोयुक्त पदार्थको सेवनले गर्ने क्षतिलाई अनारको जुसमा पाइने पदार्थयुक्त दबाइले परिपूरण गरेको पाइयो । अनारको जुसमा पाइने पोलीफेनोलले रक्तनलीको इन्डोथेलियल तन्तुमा आउने खराबीलाई कम गर्ने, रक्तनलीलाई सहज रुपमा खुम्चिन र फैलिन सक्नेगरी स्वस्थ बनाउने र हृदयाघात लगायतका जोखिम कम गर्ने शोधकर्ता बताउँछन् । यसअघिका अध्ययनले अनारको जुसको नियमित सेवनले सरीरमा तनाव पैदा गर्ने हर्मोनको उत्सर्जन घटाएर रक्तचाप सन्तुलित गर्ने तथ्य पत्ता लगाएको थियो । त्यस्तै दिनहुँ एक गिलास अनारको जुस पिउने मान्छेको रगतमा कोलेस्टेरोलको मात्रा घट्ने र रक्तप्रवाहमा सुधार आउने समेत विज्ञहरुको भनाइ छ । अनारलाई प्रजनन स्वास्थ्यका लागि पनि निकै महत्वपूर्ण मानिन्छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !