|
|
|
|
१६ असोज, काठमाडौं । राजधानीमा जारी टी-२० राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मीले क्षेत्र नम्बर ३ काठमाडौंलाई १० विकेटले पराजित गरेको छ । यससँगै सेमिफाइनलमा प्रवेश गरेको आर्मी समूह ए को विजेता बनेको छ भने काठमाडौं उपविजेता भएको छ । अब फाइनल प्रवेशका लागि आर्मी र समूह बीको उपविजेता क्षेत्र नम्बर २ वीगरञ्ज तथा समूह बीको विजेता एपीएफ र समूह एको उपविजेता काठमाडौं भिड्ने छन् । सेमिफाइनल भिडन्त बिहीबार हुनेछ । पहिले व्याटिङ गरेको काठमाडौंले १८.५ ओभरमा सबै विकेट गुमाएर ८१ रन बनायो । उसका लागि पवन श्रेष्ठ र सुरज केसीले समान १९/१९ रन बनाए भने विभत्सु थापाले १७ रन बनाए । उसलाई सस्तैमा समेट्ने क्रममा सागर पुन र राहुल विश्वकर्माले समान ३/३ विकेट लिए भने रुपेश श्रीवात्सवले २ र चन्द्र साउदले १ विकेट लिए । जवाफमा मैदान उत्रिएको आर्मीले विकेट नै नगुमाई १०.२ ओभरमा लक्ष्य भट्टायो । उसका लागि सागर पुनले अविजित ३७ र अनिल मण्डलले ३२ रन बनाए

0 comments:
Speak up your mind
Tell us what you're thinking... !