|
|
|
|
१६ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले सेल्टिकलाई पराजित गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो दोस्रो खेलमा लिओनल मेस्सी बिना मैदान उत्रिएको बार्सिलोनाले १० खेलाडीमा सिमित स्कटिस च्याम्पियन सेल्टिकलाई १-० गोल अन्तरले पराजित गर्दै गत वर्ष समूह चरणमा व्यहोरेको हारको दबला लिएको छ । गत सिजन सेल्टिकले बार्सिलोनालाई नाउ क्याम्पमा २-१ ले पराजित गरेको थियो । घरेलु मैदान सेल्टिक पार्कमा भएको खेलमा सेल्टिक ५९ औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । बार्सिलोनाका ब्राजिलियन स्टार नेयरमार बल अघि बढाइरहेका बेला फल गरेपछि हातले हानेपछि कप्तान स्कट ब्राउन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । खेलका ७५ औं मिनेटमा एलेक्स सान्चेजको गोलमा सेस फेबि्रगासले हेड गोल गरे

0 comments:
Speak up your mind
Tell us what you're thinking... !