Headlines News :
Home » » अमिताभ बच्चनले खाएका ५ ठकर

अमिताभ बच्चनले खाएका ५ ठकर



११ अक्टोबर शुक्रबार बलिउडका महानायक अमिताभ बच्चन ७१ वर्ष पुगेका छन् बलिउड इतिहासकै युगपुरुषको छवि बनाएका अमिताभले आफ्नो यो ७१ वर्षे उमेरको धेरै हिस्सा बलिउडकै लागि खर्चिए बलिउडमा कुनै समय एकछत्र राज चलाएका अमिताभको क्रेज अझै घटेको छैन बलिउडमा यद्यपि उमेर पाको बन्दै जाँदा उनले पहिलेजस्तो काम गर्न सक्दैनन् शारीरिक रुपमा पनि तर जे होस् बलिउडको यो लामो यात्रामा अमिताभले दाम, नाम, इज्जत, आशिर्वाद, सम्मान सबै कमाए इलाहावादमा जन्मिएका अमित श्रीवास्तव भविष्यमा बलिउडका महानायक बन्लान् भनेर सुरुमा कसैले अनुमान लगाएको थिएन होला तर उनी भइछाडे यद्यपि उनी तालुमा आलु फलेर यत्रो सफलताका भागिदार भएका होइनन् उनले आफ्नो जिवनमा धेरै संघर्ष गर्नुपरेको थियो अमिताभ बच्चनले साता हिन्दुस्तानी फिल्मबाट आफ्नो बलिउड करिअर सुरु गरेका थिए तर उक्त फिल्म उनको करिअरको सुपर फ्लप फिल्म थियो त्यसपछिका पनि धेरै फिल्म फ्लप भएपछि फिल्म निर्माताहरुले अमिताभलाई खेलाउन पनि हिच्किचाउन थालेका थिए उनले कुनै समय फिल्म पाउनै छाडेका थिए उनकै कुनै दिन मुम्बइबाट झोला तुम्मा कसेर घर फर्किने सोँच समेत बनाएका थिए तर जब जन्जीर फिल्म हिट भयो तब अमिताभका दिन फर्के, उनी एकाएक हिट भए जन्जीर पछि दिवार, नमक हराम, शोले, काला पत्थर, त्रिशुल, डन जस्ता सुपरहिट फिल्म अमिताभले खेले तर पनि अमिताभलाई दुर्भाग्यले छाडेन १९८३ मा फिल्म कुल्लीको शुटिङका दौरान उनी गम्भीर दुर्घटनामा परे फिल्म शुटिङका बेला एक दृश्यमा पुनित इस्सरले हानेको मुक्का उनको पेटमा नराम्रोसँग बजारिएपछि उनलाई तत्काल अस्पताल पूराउनु परेको थियो त्यहाँ उनको सघन उपचार गर्नुपरेको थियो १९९५ मा अमिताभले एक विजनेश सुरु गरे अमिताभ बच्चन कर्पोरेसन लिमिटेड थियो त्यो कम्पनीको नाम जसले फिल्म निर्माण तथा इभेन्ट म्यानेजमेन्ट गथ्र्यो तर महत्वाकांक्षी अमिताभले मिस इण्डिया प्रतियोगिता पनि गर्ने घोषणा गरे जुन असफल भएसँगै कम्पनीलाई सफल पार्ने उनको योजना त्यहीँ तुहियो हुनत कम्पनीले १५ फिल्म लञ्च गर्यो जसको बजेट देखि करोडसम्म थियो केही फिल्मको वितरण पनि गर्यो यसमा डेढ सय कर्मचारी थिए पहिलो वर्ष राम्रै नाफा गरेको कम्पनी अर्को वर्षदेखि ठूलो घाटामा गयो आखिर बन्द गर्नुपर्यो कम्पनी घाटामा गएर ऋण लागेपछि अमिताभको मुम्बइ तथा दिल्लीको घरजग्गा नै जफत हुने स्थिति आयो उनले आफ्नो घर जमानत राखेर ऋण लिए निकै आर्थिक संकटबाट गुजि्ररहेका बेला अमिताभले फिल्म निर्माता यश चोपडासँग सहयोग मागे यसले आफ्ना छोराले बनाउन लागेको फिल्म मोहब्बतेमा अभिनयका लागि अमिताभलाई छोरासँग भेट्न पठाए उक्त फिल्ममा काम पक्का भएसँगै अमिताभलाई कौन बनेगा करोडपति शो को संचालनका लागि समेत अफर आयो यसबाट उनले आफ्नो ९० करोडको ऋण चुक्ता गर्न सफल भए नयाँ जिवनको सुरुवात गर्न सफल भए सन् १९८४ मा अमिताभ बच्चनले फिल्मबाट विश्राम लिएर राजनीतिमा लाग्ने कोसिस गरे उनको यो प्रयासमा राजिव गान्धी सहयोगी बने उनलाई कंग्रेसले इलाहावाद लोकसभाबाट उमेद्धार बनायो अमिताभले त्यो चुनाव भारी अन्तरले जिते तर चुनाव जितेर सांसद बनेको वर्षमै उनले राजिनामा दिए उनी त्यस समयमा बोफोर्स काण्डमा मुछिएका थिए त्यो काण्डमा गान्धी परिवार सँगै बच्चन परिवारलाई पनि मुछिएको थियो अमिताभलाई सस्तो मूल्यमा किसानबाट जमिन खरीद गरेको आरोप लगाइएको थियो तर पछि उनले यस्तो आरोपबाट सफाइ पाए अमिताभ बच्चनले राजनीति छाडेसँगै कंग्रेस पार्टीप्रतिको आस्था पनि छाडे समाजवादी पार्टीको समर्थक बने उनकी पत्नी जया समाजवादी पार्टीकी संासद पनि बनिन् -

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार