Headlines News :
Home » » मान्छेको दिमाग खादैछ (गुगलले)

मान्छेको दिमाग खादैछ (गुगलले)



सूचना प्रविधिको यो दुनियामा अहिले इन्टरनेटको पहुँच भएका मान्छेका लागि कम्प्युटरको स्त्रिmनमा विश्व अट्न सक्छ आफुले खोजेको सूचना वा जानकारी एक क्लिकको भरमा पाउन सकिन्छ यसले एकातर्फ मानिसको ज्ञानको दायरामा वृद्धि गराएको भने यसका विभिन्न खाले नकारात्मक पक्ष तथा जोखिम पनि छन् इन्टरनेटले तिब्र रुपमा मानिसको स्मरण शक्तिमा क्षयिकरण गरिरहेको खासगरी इन्टरनेटकै उपलब्धताका कारण विश्वको इतिहासका विभिन्न खाले परिवर्तनगामी घटनाहरुको बारेमा पनि मान्छेलाई स्मरण हुन छाडेको यस्तो स्मरण शक्तिको क्षयिकरणको मुख्य दोषी गुगल रहेको विज्ञहरुले बताएका छन् बेलायतमा गरिएको एक अध्ययन अनुसार विभिन्न खाले जानकारी तथा सुचनाका लागि गुगल सर्चमा भर पर्ने बानीको विकाश हुँदै जाँदा मानिसको स्मरण शक्ति गुम्दै गएको सर्भेक्षणका क्रममा हजार जना मध्ये आधा भन्दा कमले मात्र बेलायतकी चर्चित पूर्व युवराज्ञी डायनाको मृत्यु भएको वर्ष सही भन्न सके धेरै वर्ष नबितेको अर्थात् १९९७ को यो घटना समेत धेरै बेलायतीलाई सम्झना नरहेको अध्ययनले देखायो सर्भेक्षणको क्रममा प्रश्न सोधिएका मध्ये धेरैले अमेरिकाको वल्र्ड ट्रेड सेन्टरको भवनमा भएको आतंकवादी हमलाको वर्ष तथा मिति समेत बताउन सकेनन् अझ बर्लिनको पर्खाल कहिले ढल्यो ? भन्ने प्रश्नमा सबैजसो अवाक् रहे धेरै जसोले यस्ता मिति इन्टरनेटमा सजिलै खोज्न सकिने भएकाले आफुले सम्भिmने वा घोक्ने कष्ट नगरेको जवाफ दिए शोधकर्ताहरुका अनुसार अहिलेको इन्टरनेट भोगी पुस्ताको मन मस्तिष्कबाट विश्वको इतिहासका विभिन्न महत्वपूर्ण तथा चर्चित घटनाक्रमहरुको बारेको स्मरण समेत हराउँदै गएको इन्टरनेटको विकाश सँगै विद्यार्थीको घोक्ने वा सम्भिmने पुरानो शैलीमा समेत आमूल परिवर्तन आएको उनीहरु बताउाछन्


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार