Headlines News :
Home » » डेढ वर्ष पछि मलेसियाको लागि नयाँ नेपाली राजदूत नियुक्त

डेढ वर्ष पछि मलेसियाको लागि नयाँ नेपाली राजदूत नियुक्त



मलेसियाको लागि नयाँ नेपाली राजदूतका रुपमा निरञ्जनमान सिंह बस्न्यात नियुक्त भएका छन्।

मंगलबार राष्ट्रपति डा.रामवरण यादवले मलेसियाको लागि नयाँ नेपाली राजदूतमा बस्न्यातलाई नियुक्त गरेका हुन्

राष्ट्रपति डा. यादवले अन्तरिम संविधानको धारा सय ५० बमोजिम बस्न्यातलाई राजदूतमा नियुक्त गरेका हुन् राष्ट्रपतिकहा अन्तरिम चुनावी मन्त्री परिषदले नयाँ राजदूत नियुक्तिको सिफारिस पुर्याएपछि राष्ट्रपतिले संविधान अनुसार नयाँ राजदूतको नियुक्त गरेका हुन्

राजदूत डा. ऋषिराज अधिकारीको कार्यकाल सकिएपछि डेढ वर्षदेखि मलेसियामा नेपाली राजदूत थिएनन् डेढ वर्षको अवधिमा कार्यवाहक राजदूतका रुपमा परराष्ट्र मन्त्रालयका उपसचिव लेखनाथ भट्टराईले राजदूतको काम गर्दै आएका थिए

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार