|
|
|
|
ओखरको नियमित सेवनले पुरुषको शुक्रकिटलाई स्वस्थ बनाउने पछिल्लो अध्ययनले देखाएको छ । अध्ययन अनुसार दिनमा दुइ मुठी जति ओखरको गुदी खानाले तन्नेरीहरुको शुक्रकिटलाई स्वस्थ राख्दछ । अध्ययनको क्रममा १२ हप्तासम्म भोजनमा
नियमित रुपमा ओखर सेवन गरेका पुरुषहरुमा शुक्रकिटको आकारप्रकार, गति तथा स्वास्थ्यमा निकै धेरै सुधार आएको पाइएको थियो । खासगरी ओखरमा रहेको फ्याट्टी अम्लले शुक्रकिटको विकाशमा सघाउ पूराउने अध्ययनकर्ताको निष्कर्षछ । त्यसैले ओखर पुरुषको बाँझोपनको उपचारमा समेत सहायक सिद्ध हुनसक्ने अनुमान गरिएको छ । बेलायतको शेफिल्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार ओखर सेवन गर्ने पुरुषको अण्डकोषमा बढि शुक्रकिट उत्पादन हुनुका साथै त्यस्ता शुक्रकिट स्वस्थ समेत हुन्छन् । प्रमुख शोधकर्ता एलान प्यासीले यस्ता अध्ययनका निष्कर्षाई खिसिट्युरी गर्न सजिलो हुने भएपनि आफुहरुको अध्ययनले निकै महत्वपर्ूण्ा तथ्य पत्ता लगाएको र यसले प्रजनन स्वास्थ्यमा ठूलो भूमिका निर्वाह गर्ने बताएका छन् । अध्ययनको क्रममा लिइएका २१ देखि ३५ वर्षसम्मका ११७ जना पुरुषहरुलाई दुइ भागमा विभाजन गरिएको थियो । त्यसमध्ये एक समूहका पुरुषलाई दैनिक ७५ ग्राम ओखरको गुदी खान दिइयो । तर अर्को समूहका पुरुषलाई ओखर खान दिइएन । १२ हप्तापछि ति दुइ समूहका पुरुषको विर्यको परिक्षण गर्दा नियमित ओखर खाएका पुरुषको विर्यमा शुक्रकिटको मात्रा बढि हुनुका साथै शुक्रकिट बढि स्वस्थ भएको पाइयो भनेओखर नखाएका पुरुषको शुक्रकिटमा कुनै फरक आएन ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !