|
|
|
|
एउटा सामान्य माटोको कचौराको मूल्य कति होला ? हाम्रो बजारमा त सय रुपैयाँ सम्मका राम्रै सेरामिक्सका कचौरा पाइन्छ । के कुनै मामूली कचौको मूल्य झण्डै दुइ अर्ब रुपैयाँ सम्म पर्छ भन्ने कुरा तपाइँ पत्याउनुहुन्छ – तपाइँको सहज जवाफ हुन्छ बहुमूल्य धातुबाटै बनेको वजनदार भएमात्रै । नत्र त यतिधेरै पर्ने कुरै भएन । तर सुनचाँदीको होइन माटोकै कचौराको मूल्य झण्डै दुइ अर्ब रुपैयाँ परेको छ । हंगकंगमा हालै एउटा कचौरा १ करोड ८० लाख अमेरिकी डलर अर्थात् झण्डै १ अर्ब ८० करोड रुपैयाँमा बिक्रि भएको छ । हंगकंगको सुथबी हाउसमा भएको लिलामीमा एक कला पारखी धनाढ्यले उक्त कचौरा १८० लाख अमेरिकी डलरमा किनेका हुन् । झण्डै २ अरब रुपैयाँमा कचौरा किन्ने व्यक्ति हंगकंगकै विलियम चेक हुन् । उनी चिनिया सेरेमिक्स डिलर हुन् । चिनिया माटोबाट बनेको, सानो तथा सुन्दर उक्त कचौरा १५ औँ सताब्दीको हो । १५ औँ सताब्दीको चांगक्वा शासन कलाका लागि विश्वप्रसिद्ध भएको थियो र सोही समयमा उक्त कचौरा बनाइएको थियो । उक्त कचौरा चिनिया बादशाह क्वांगले प्रयोग गरेको बताइएको छ । यसअघि हंगकंगमा एक ऐतिहासिक फूलदानी २ करोड डलमा विक्रि भएको थियो ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !