Headlines News :
Home » » दर्शकको अण्डा र गोलभेँडा प्रहारबाट बचिन् दीपीका

दर्शकको अण्डा र गोलभेँडा प्रहारबाट बचिन् दीपीका



फिल्म स्टारहरुलाई सधैभरी वाह्वाही र तालीमात्र हुँदैन । कहिलेकाहीं दर्शकले फूलको सट्टा पत्थर पनि हिर्काउँछन् । यस्तै भएको छ बलिउड नायिका दीपीका पादुकोणलाई ।

नोभेम्बरमा रिलिज हुन लागेको संजयलिला भंसालीको फिल्म ‘राम-लीला’को प्रोमोसनका लागि हालै अहदाबादको पंडाल गाउँमा पुगेका बेला दीपीकामाथि दर्शकले आक्रोशसँगै गोलभेँडा र अण्डा प्रहारबाट बालबाल बचेकी छिन् ।

राम-लीलाका केही दृष्यबाट त्यहाँका आदिबासी समुदाय आक्रोशित थिए । प्रोमोसनका लागि फिल्म युनिट त्यहाँ पुग्ने जानकारीसँगै स्थानीयवासीहरु गोलभेंडा र अण्डाले हिर्काउने भन्दै तयारी अबस्थामा बसे ।

तयारीबारे जानकारी पाएको निर्माण पक्षले ती दृष्य फिल्मबाट हटाइएको जानकारी दिएपछि स्थानीय आक्रोशित समूह पछि हटेको थियो । नत्र दीपीकाले अण्डा र गोलभेँडाको प्रहार खानुपर्ने थियो ।

फिल्ममा दीपीका पादुकोणका साथ रणबीर सिंहको मुख्य भूमिका रहेको छ ।
 


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार