|
|
|
|
२९ असोज, मनिला । फिलिपिन्सको मध्य एवम् राजधानी मनिलामा मङ्गलबार बिहान सबेरै ७.१ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ७३ व्यक्तिको मृत्यु भएको छ । भूकम्पबाट कयौँ घरहरूलगायत ऐतिहासिक भवन पनि भत्केका र सयाँै घरका छाना खस्नु र चर्किनु जस्ता घटना भएका छन् । मनिला क्षेत्रभरी नै भूकम्पको धक्का महसुस हुँदा आवास भवन, पसल, अस्पतालबाट समेत मानिसहरू भागदौड गर्दै सडकमा जम्मा भएको बताइएको छ । फिलिपिन्सको बोहोल द्वीपको कारर्मेन नगरमा ३३ किलोमिटर गहिराईमा केन्द्रविन्दु रहेको समेत जनाइएको छ । भूकम्पबाट समुन्द्र सुनामी भने उठेको छैन । मनिला वरपरका सहरहरू बोहोल सेबु, मान्दाउ, लोबोक, बढी प्रभावित भएका छन् । हालसम्म बोहोलमा कम्तीमा ५७ र सेबुमा १६ व्यक्तिको मृत्यु भएको जनाइएको छ । भूकम्पबाट हालसम्म दर्जनौं व्यक्ति घाइते भएका छन् । सहरको भग्नावशेषबाट एक आठ महिनाको शिशुसहित अन्य धेरैको उद्धार गरिएको समचारमा जनाइएको छ । फिलिपिन्समा भूकम्प, ज्वालामुखी विस्फोट जस्ता घटना सामान्य मानिन्छन् । प्रशाान्त महासागरिय ‘अग्नी चक्र’ भित्र पर्ने मुलुक भएका कारण फिलिपिन्समा बारम्बार यस्ता घटना भइरहने गर्दछ । रासस





0 comments:
Speak up your mind
Tell us what you're thinking... !