|
|
|
|
मलेसिया, १६ असोज । मलेसियामा दैनिक सरदरमा ४० देखि ५० जना नेपाली कामदार पक्राउ पर्न थालेका छन् । मलेसिया सरकारले गैरकानुनी रुपमा बसेका कामदार खोजतलास अभियान तीव्र पार्न थालेपछि नेपाली कामदार पक्रिनेक्रम ह्वात्तै बढेको छ ।
व्यवसायीका अनुसार करार सम्झौता उल्लंघन गर्दै तोकिएको कम्पनी छाडेर आफूखुशी अन्य कम्पनीमा काम गर्ने प्रवृति बढेकाले गैरकानुनी कामदारको संख्या चुलिन गएको हो ।
मलेसियामा विदेशी कामदारले एउटा कम्पनी छाडेर अर्कोमा गएका स्वतः गैरकानुनी मानिन्छ । गैरकानुनी कामदारको संखया बढ्नुमा कामदारले कम्पनी परिवर्तन गर्ने प्रवृति मुख्य कारण हो ।
६० हजार भन्दा बढी नेपाली कामदार त्यहाँ गैर कानुनी रुपमा बसीरहेको अनुमान छ । हाल मलेसियामा मात्र पाँच लाख भन्दा बढी नेपाली कामदार छन् । अधिकांश कामदारलाई त्यहाँको विमानस्थलबाट नेपाल फर्कने क्रममा पक्राउ गरिएको हो ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !