|
|
|
|
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सर्वाधिक चर्चाका पात्र हुन् भन्नेमा कसैको विमति छैन । मिडिया र सामाजिक सञ्जालमा हेर्दा उनको चर्चा सकारात्मक कम र नकारात्मक पो बढी हो कि जस्तो देखिन थालेको छ । आखिर किन खाइरहेका छन् प्रचण्डले यति धेरै गाली ?
प्रचण्डको बुझाइ
‘निर्वाचनको मिति नजिकिादै जाँदा तपाईमाथि विभिन्न कोणबाट आरोप लगाउने काम भइरहेको छ, यसलाई कसरी लिनुभएको छ ?’ केही दिनअघि ‘कृष्ण सेन समाचार सेवा’ ले सोधेको प्रश्नमा प्रचण्डको जवाफ यस्तो थियो- ‘यसमा त्यति जटिल र बुझ्न गाह्रो कुरा छ जस्तो मलाई लाग्दैन ।’
आखिर के हो त प्रचण्डको बुझाइ ? ‘इतिहासले कुनै पनि परिवर्तन, क्रान्ति र रुपान्तरणको क्रममा जनताले आफ्नो वर्गको एउटा नेतृत्व तयार पार्छ ।’ प्रचण्ड भन्छन्, ‘जनताको त्यो नेतृत्वलाई प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी, सामन्तवादी र साम्राज्यवादी शक्तिले जहिले पनि आाखाको तारो बनाएकै हुन्छन् । किनकि जनताले तयार पारेको त्यो नेतृत्वलाई खत्तम नपारेसम्म र बदनाम नगरेसम्म उनीहरुको वर्गको हित नहुने भएकाले त्यो वर्गका मान्छे एक ठाउामा केन्द्रित हुन्छ र जनताले तयार पारेको नेतृत्वलाई जसरी पनि सखाप पार्ने षड्यन्त्र गर्छन् ।’
प्रचण्डको थप भनाइ छ-’प्रतिक्रियावादीहरुलाई असैह्य भएको छ । उनीहरु रात दिन प्रचण्डलाई कसरी सिध्याउने भनेर लागिरहेका छन् । अरुलाई गाली गरेर, अरुलाई झूठो कुरा गरेर केही अर्थ रहादैन, प्रचण्डलाई नै गर्नुपर्छ भन्ने उनीहरुले राम्रो बुझेका छन् ।…. जनयुद्धमा आफ्नो नेतृत्वलाई बचाउन कति धेरै जनताले बलिदानी गर्नुपर्यो ? नेतृत्वलाई सिध्याउन पाए विरुवामै निमोठ्न पाइन्थ्यो भन्ने थियो । यिनै मान्छे होइनन् टाउकाको झोलामा ल्याउ पैसा लैजाऊ भन्ने ?’
आफूमाथिको प्रहारबारे प्रचण्डको निश्कर्ष यस्तो छ-’झूठो प्रचारबाट व्यक्तिगतरुपले उत्तेजित हुनुपर्ने, हरेकपटक प्रतिक्रिया दिनुपर्ने आवश्यकता देख्दिान । यो इतिहासको नियमअनुसार भइरहेको छ । जनताको तागत पुग्यो भने जनताले आफ्नो नेतृत्वको रक्षा गर्छन् । जनताको तागत पुगेन भने प्रतिक्रियावादीले सिध्याइदिन पनि सक्छन् ।’
प्रचण्डको अर्धसत्य बुझाइ
प्रचण्डको बुझाइमा सत्यता त छ, तर आधा मात्रै । जति पनि मानिसले प्रचण्डको आलोचना गर्छन् र गरिरहेका छन्, ती सबै प्रतिक्रियावादी हैनन् । विगतमा टाउकाको मूल्य तोक्नेहरुले मात्रै अहिले प्रचण्डको आलोचना गरिरहेका छैनन् । र, यो उनले भनेजस्तो ‘झूठो आलोचना’ मात्रै पनि होइन । प्रचण्डको आलोचना उनैको शब्दमा ‘प्रतिक्रियावादी’ र ‘वर्ग दुश्मन’बाट पनि भइरहेको छ र जनताबाट भइरहेको छ । ‘वर्ग दुश्मन’बाट आएका आलोचनालाई उनले क्रान्तिको नियम या वर्गसंघर्षको नियम ठानेर जवाफ नदिादा फरक नपर्ला तर, जनताले उठाएका प्रश्नको जवाफ दिन्न भन्नु शोभनीय हुन सक्दैन । जनताका नेताले त झन् जनतालाई जवाफ दिनुपर्छ ।
प्रचण्डको जतिसुकै आलोचना गर्ने या विरोध गर्ने कांग्रेस र एमालेलगायत विपक्षी दलकै नेता कार्यकर्ताले पनि यो कुरा स्वीकार गर्छन् कि नेतामा हुने गुण र प्रभाव प्रचण्डमा जस्तो अन्य दलका नेतामा भएन । तर, महात्मा गान्धीले भनेका छन्, मानिसलाई बाहिरी शक्तिले कहिल्यै हराउन सक्दैन, हराउने आफैंले हो । गान्धीले मात्रै होइन मार्क्सवादले पनि यही भन्छ कि बाह्य कारण त परिवर्तनको सहायक मात्रै हो, भित्री कारण नै परिवर्तनको निर्णायक हो । त्यसैले प्रचण्डलाई बाहिरी शक्ति या उनले भनेको जस्तो ‘प्रतिक्रियावादी’ शक्तिले सिध्याइदिन सक्दैनन्, प्रचण्डलाई सिध्याउन सक्ने कोही छ भने प्रचण्ड आफैं हो । उनको परिवार र उनैका कार्यकर्ता हुन् । बाहिरी तत्वले प्रचण्डलाई हराउन सक्दैन । हराउन सक्ने भए उहिल्यै निमोठिसक्ने थियो ।
‘प्रतिक्रियावादी’ले प्रचण्डलाई मारिदिन सक्लान्, तर मारिादैमा नेता सिद्धिदैन । लेनिनलाई पनि गोली हानेर मारिएकै हो, तर उनी कहाँ सिद्धिए ? मदन भण्डारी कहाँ मारिए ? त्यसर्थ प्रचण्डलाई बाहिरियाले मार्दैमा उनी सिद्धिादैन् । उनी सिद्धिने आफैं हो । आफ्नै कारणले हो । ज्ञानेन्द्रलाई कसैले मारेको छैन, तर उनले आफ्नै बुद्धीले राजतन्त्रको हालत यस्तो भयो । प्रचण्डको पनि आफ्नै बुद्धिले माओवादी आन्दोलन कमजोर हुादै गइरहेको छ । आफूलाई आलोचना गर्नेजति सबैलाई ‘प्रतिक्रियावादी’ भन्दै ‘म जनताले बनाएको नेता हुँ’ भनेर गमक्क फुलेर जनतालाई वेवास्ता र अपमान गरिरहने हो भने प्रचण्डको कद घट्दै जाने छ ।
प्रचण्डले सबैभन्दा पहिले यो कुराको विश्लेषण गर्न जरुरी छ कि आफूमाथि भइरहेका आलोचनाहरु कुन जनपक्षीय हुन् र कुन जनविरोधी हुन् ? जनताले भनेको त सुन्नुपर्यो नि । जनताको भावनाको कदर गर्नुपर्यो र जनताले प्रचण्डबाट के आशा गरेका छन् भनेर खुट्याउन सक्नुपर्यो । जनताको चिच्याहट नसुन्ने, अनि आलोचकजति सबैलाई प्रतिक्रियावादी नै देख्ने हो भने प्रचण्डलाई सिध्याउनका लागि ‘प्रतिक्रियावादी’हरुले एउटा पनि गोली खर्च गरिरहनुपर्दैन, उनी आफैं सिद्धिन्छन् ।
शान्ति प्रक्रियामा आइसकेपछि विरोधीको आलोचनालाई मथ्थर पार्दै जनता र कार्यकर्तामा नैतिक उर्जा थप्ने विधि प्रचण्डले नजानेकै हुन् । खुल्ला राजनीतिमा आएको झण्डै एक दशक भैसकेको छ, तर, प्रचण्डले जनताको मर्म र भावना अझै पनि बुझ्न सकेका छैनन् । राजधानीमा विचित्रका तमासा देखाएरै जनतालाई इन्द्रजालमा पार्न सकिन्छ भन्ने उनले अझैसम्म ठान्दै आएका छन् ।
जनताले प्रचण्ड र उनको परिवारमाथि एकपछि अर्को प्रश्न उठाउने ठाउा दिन छाडिएको छैन । प्रचण्डको अलोकपि्रयताको कुनै कारण छ भने त्यो उनको परिवार नै हो र यो कुनै भ्रम होइन, नाङ्गो सत्य हो । यो नाङ्गो सत्यलाई हल गरिएन र जनतालाई चित्त बुझ्दो जवाफ दिइएन भने यसपालिको चुनावमा एमाओवादीप्रतिको जनताको विकर्षणको यो नै एउटा डरलाग्दो नैतिक विषय बन्ने पक्कापक्की भैसकेको छ । हजार तर्कले जनता मान्ने वाला छैनन् । जनयुद्धकालमा जस्तो आलोचकलाई पिटेर पनि जनताले सम्झनेवाला छैनन् । तैपनि प्रचण्डले यो विषयलाई अझैसम्म खेलाँची ठानिरहेका छन् ।
जनतालाई जवाफ दिनुपर्दैन ?
यतिबेला एमाओवादीका कार्यकर्ताहरुले गाउामा भोट माग्न जाँदा एउटै प्रश्नको सामना गर्नुपरिरहेको छ, त्यो के भने प्रचण्डकी अवैधानिक बुहारी विना मगरलाई सभासद बनाएर कस्तो संविधान लेख्छौ ? प्रचण्डकी छोरीलाई किन टिकट दिएको ? यिनै प्रश्नको जवाफ मागिरहेका छन् यतिबेला मतदाता । एमाओवादी कार्यकर्तासमेत यस्तै विषयमा नेताहरुसाग प्रश्न उठाइरहेका छन् । जनतामात्रै होइन, एमाओवादी केन्द्रीय सदस्य अञ्जना बिशंखेले नै प्रश्न उठाएकी छन् विनाले चुनाव जितेर कस्तो संविधान लेख्लिन् ? के प्रचण्डले अब जनतालाई यसबारे स्पष्ट र सार्जजनिक रुपमा जवाफ दिनु पर्दैन ?
प्रचण्डपुत्र प्रकाश दाहाल र सभासदको उम्मेद्वार बनाइएकी विना मगरको सम्बन्ध के हो ? उनी प्रचण्ड परिवारकी बुहारी हुन् या स्वतन्त्र छिन् ? उनैलाई संविधानसभामा पठाउनुपर्ने कारण किन ? अनि प्रचण्डकी छोरीलाई नै काठमाडौं १ मा टिकट नदिई नहुने कारण के पर्यो ? के प्रचण्डका छोराछोरीले मात्रै जनयुद्धमा त्याग र बलिदानी गरेका थिए ? कि दशौं हजारको बलिदानीको ब्याज प्रचण्डको परिवारले मात्रै खानुपर्ने हो ? यी प्रश्नहरुप्रति नाजवाफ भएर, आाखा चिम्लिएर चुनावमा जाादा यसपालि देशैभरिका एमाओवादी कार्यकर्ताको शिर निहुरिएको छ, जुन कुरा लाजिम्पाटले अहिलेसम्म महसुस गर्न सकेको देखिएन ।
परिवारप्रतिको प्रचण्डको दृष्टिकोणमा ठूलो खोट देखिन्छ । उनमा परिवारवाद हावी छ । उनको परिवारमा संकीर्णता र सामन्तवाद हावी छ । यसलाई यसलाई सच्याउनुको साटो झनै जग हासाउने तरिकाले भद्दा प्रहसन देखाउन थालिएको छ । र, पछिल्लो उदाहरण हो छोरी र अवैधानिक बुहारीको उम्मेद्वारी । यसमा तल्लो कमिटीको सिफारिसलाई दोष दिएर उम्किन खोजिए पनि प्रचण्डको इच्छा र सम्मति विना एमाओवादीले यस्तो निर्णय गरेको होइन ।
नैतिक पतन देखिने व्यवहारमा संलग्न दागीलाई उम्मेद्वारै बनाउन हुादैनथ्यो, बनाए पनि आलोचना आएपछि उम्मेद्वारी फिर्ता लिइनुपथ्र्यो, त्यो पनि भएन । अब अघोषित बुहारीलाई नै लिएर चुनावमा जान एमाओवादी नेताहरु बाध्य भएका छन् । यसको परिणाम विषेश गरी समानुपातिक निर्वाचनमा र प्रत्यक्षमा पनि पर्ने निश्चित भैसकेको छ । पूर्वशिक्षा राज्यमन्त्री लीला भण्डारीको समय यतिबेला आफ्नो चुनाव क्षेत्रमा विना मगरको विषयमा जवाफ दिादैमा वितिरहेको छ । सुदुरपूर्व झापाकी धर्मशिला चापागाईलाई पनि जनताले यही सोधिरहेका छन् कि सुदुर पश्चिममा प्रचण्डकी अबैध बुहारीलाई किन टिकट दिइयो ? लीला भण्डारीले हैरान भएर आफन्तजनलाई भन्न थालेकी छन्- विना मगरकै कारण मैले समेत चुनाव हार्ने स्थिति आउन लागिसक्यो ।’
काठमाडौं १ मा उम्मेद्वार बनाइएकी प्रचण्डकी छोरी रेणु दाहालको व्यवहारमाथि प्रश्न उठाउने कुनै ठाउा छैन । उनी शालीन र इमान्दार छिन् । तर, लोकले प्रश्न उठाउाछ भन्ने जान्दा जान्दै छोरीलाई नै चुनाव लडाउनु भनेको लोकलाज नहुनु नै हो । तर, प्रचण्ड परिवार यस्तो सोच्नेखालको देखिादैन । श्रीमती र नावालख छोरोलाई माइत खेदाएका प्रकाश आफ्ना पिता उपस्थित हुने हरेक कार्यक्रममा किन जाने गरेका हुन् ? पिताका पछाडि क्यामेरामा किन अनुहार देखाउने गरेका हुन् ? यसको जवाफ प्रचण्डसाग ‘प्रतिक्रियावादी’ र ‘वर्गवैरी’ले हैन, जनताले खोजिरहेका छन् । तर, प्रचण्डलाई सिध्याउनका लागि प्रतिक्रियावादीले प्रकाश दाहालको विरोध गरेका हैनन् भन्ने प्रचण्डले बुझ्न सकेको देखिएन ।
कतिपय एमाओवादी कार्यकर्ता के भन्छन् भने विना मगरको केस व्यक्तिगत हो, चुनावमा जनताले एजेन्डा हेरेर मतदान गर्छन् । तर, के क्रान्तिकारी कुरा गरेपछि अन्य सबै पापकर्मबाट छुट्टी पाइन्छ ? संघीयता, धर्म निरपेक्षता, राज्य पुनसंरसचना जस्ता शब्दावली प्रयोग गरेपछि ‘वेश्यावृत्ति’ पनि वैधानिक हुन्छ ? हुादैन । तपाई जतिसुकै तर्क गर्नोस्, तपाईको नैतिकता उच्च छैन भने त्यसले संवेदनशील नेपालीहरुको मनोभावनामा प्रभाव पार्छ । चुनावमा प्रभाव पार्छ । तर्कले चुनाव जितिादैन, जनताको मन जितेरमात्रै चुनाव जितिन्छ । त्यसैले जनतालाई अपमान नगर, जनतालाई गुमराहमा नराख, जनतालाई नहेप । प्रचण्ड महाशय, तिमी जनताले बनाएको नेता हौ भने पत्रकार सम्मेलन गरेर जनतालाई जवाफ देऊ ।
केही मिडियाले विना मगरको विषयलाई उछालेको जस्तो एमाओवादीलाई लागेको हुनसक्छ, तर विना मगरको केस उछाल्ने एमाओवादी आफैं हो । विनालाई सभासद नबनाए पनि संविधान लेख्न सकिन्छ भन्ने निश्कर्षमा एमाओवादी पुगेको भए यो बेला चुनावी एजेन्डालाई पनि छायाामा पार्ने गरी मतदाताले यो प्रशंगलाई उठाउने थिएनन् । त्यसैले यसमा मिडिया र जनताको नभई एमाओवादीको आफ्नै दोष छ । आफ्नो दुश्कर्मको भारी जनतालाई बोकाउनु शोभनीय हुन सक्दैन


0 comments:
Speak up your mind
Tell us what you're thinking... !