Headlines News :
Home » » मुग्लिन पुलको बिम च्यातियो दुर्घटना हुने सम्भावना

मुग्लिन पुलको बिम च्यातियो दुर्घटना हुने सम्भावना



मुग्लिन, पुस २५ - पृथ्वी राजमार्गको आँबुखैरनी-मुग्लिन सडक खण्डअन्र्तगत त्रिशुली नदीको मुग्लिन पुलको बिम च्यातिएर जोखिममा परेसँगै दुर्घटना हुने सम्भावना बढेको छ ।
पुलको मुग्लिनतर्फको बाँयापट्टीको बिम च्यातिएर ठाँउ छोड्दै गएको स्थानियबासीले बताएका छन् । च्यातिएको बिम अडाएको आठ नलबल्टुमध्ये ७ वटा फुस्किएको छ । एउटा मात्र नलवल्टुले पुल अड्आएपछि सवारी साधन आवजजावत गर्दा पुल हल्लने भएको स्थानिय विष्णु सिलवालले जानकारी दिए । 'गाडीहरु आउँदा झोलुङ्गे पुल जस्तै हल्लिन्छ,' उनले भने । अन्य बिमहरु अडाएको नलवल्टु पनि फुत्कंदै जान थालेको उनले बताए ।
अघिल्लो समय मर्मत गरेको वर्ष दिनमै सकर प्लेट उप्केर पुल जीर्ण बन्दै गएको थियो । सडक डिभिजन कार्यालय दमौली र पुल आयोजनाले मर्मत सम्भारमा ध्यान नदिँदा जोखिमपूर्ण बनेको स्थानियबासीले बताएका छन् । पुलको तीन ठाँउमा वार भत्किएको छ । पुलको सकर प्लेट चिप्लेर सवारी साधन ठोकिन थालेपछि बार भत्केको सिलवालले बताए । भत्केको ठाँउमा काँडेतार राखिएको छ । 'गाडीहरु मात्र होइन, पुलमा मान्छे आउजाउ गर्न पनि डरमर्दो भएको छ,' उनले भने ।
आँबुखैरनी तर्फ पुलको मुखमा राखिएको फलामको पाता उप्केर ठाँउ छोड्दै गएको स्थानिय मुस्तफा मियाँले जानकारी दिए । 'धन्न कुनै दुर्घटना हुन पाएको छैन,' उनले भने दुर्घटना हुने निश्चित छ ।' प्लेट च्यातिने र उप्कन थालेपछि सवारी आवतजावत गर्दा ठुलो आवाज आउने मियाँले बताए । दिउँसो त आवाज खासै सुनिदैँन', उनले भने, 'राति त चर्को आवाजले सुत्नै सकिदैँन ।'
दुर्घटनाको पूर्व अनुमान गर्दै यसअघि स्थानिय एकतर्फी रुपमा मात्रै सवारी साधन सञ्चालन गरेपनि हाल उनीहरुले पनि चासो दिएका छैनन । 'सधै पुल कुरेर बस्न कुरा भएन, आफ्नो काम व्यवसाय गर्नुपर्‍यो,' स्थानिय सिलवालले भने, 'हामीले मात्र चासो दिएर हुदैँन रहेछ ।' तत्काल पुलको मर्मत गर्नु पर्ने स्थानियबासीको भनाइ छ । सवारी चालकहरुको लापरवाहीका कारण पनि पुल चाडैँ भत्केको सडक डिभिजन कार्यालयका प्रमुख बेलबहादुर भुजेलले बताए । 'पुलको वीम च्यातिएको भनेपछि मैले प्राविधिकहरु हेर्न पठाएको छु', उनले भने, 'प्राविधिक फर्केपछि मर्मतका लागि पुल आयोजना सँग अनुरोध गछौँ ।'
करिब दुई वर्षअघि सडक विभाग मार्फत राधा स्टक्चरले तीन करोड लागतमा कालोपत्रे फालेर पुलमा सकर प्लेट राखेको थियो । सकर प्लेट राखेको एक वर्ष नपुग्दै उप्कन थालेको हो । २० वर्षका लागि भन्दै सडक आयोजनाले सकर प्लेट फेरेको थियो । यसअघि निर्धारित आयुभन्दा २० बर्षअगावै पुल जिर्ण बनेपछि कालोपत्रे फालेर सकर प्लेट राखिएको हो । उक्त पुल भएर काठमाडौं र नारायणगढबाट पोखरा लगायत दर्जनौं जिल्लाहरुमा दैनिक सयौँ सवारी साधन आवतजावत गर्ने गर्छन् । २०२८ सालमा निर्माण गरिएको पुल एकसय २५ मिटर लम्बाईको छ । चीन सरकारको सहयोगमा पुल निर्माण भएको थियो ।
मुग्लिन पुलको बिम च्यातियो
दुर्घटना हुने सम्भावना

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार