|
|
|
|
१९ पुस, काठमाडौं । दुवै मृगौलाले काम गर्न छोडेपछि जीवन मरणको दोसाधमा रहेका एक युवाले आफ्नो उपचारका लागि सहयोगको याचना गरेका छन् ।
२१ वर्षकै कलिलो उमेरमा दुवै मृगौलाले काम गर्न छोडेपछि थला परेका झापाको तोपगाँछी गाविस–४ का मिलनचन्द्र अधिकारीले सहयोगको याचना गरेका हुन् ।
Kidney Failआर्थिक अवस्था कम्जोर रहेकाले छोराको उपचारका लागि लाग्ने लाखौं रुपैयाँ जुटाउन नसकेपछि सहयोगीहरुसँग हारगुहार गरिरहेको मिलनका बाबु सुवासचन्द्र अधिकारीले बताउनुभयो ।
दुवै मृगौलाले काम गर्न छोडेपछि काठमाडौंको मिनभवनमा बसेर उपचार गराइरहेका मिलनचन्द्रको मृगौला फेर्न २० लाख बढी लाग्ने अवस्था छ । छोराको मृगौला फेर्न आफ्नो घरबारी बेच्दा पनि पार नलाग्ने बताउँदै बाबु सुवासचन्द्रले सहयोगको आश गर्दै छोराको जीवन जोगाईदिन आग्रह गर्नुभएको
हो ।
मिलनको उपचारका लागि सहयोग रकम सुप्रिम डेभलपमेन्ट बैंकमा मिलनका बाबु सुवाशचन्द्र अधिकारीको नाममा रहेको खाता नं. ०१४००००१६५०९ मा जम्मा गरिदिन अधिकारी परिवारले आग्रह गर्नुभएको छ ।मृगौला फेल भएका युवा सहयोगको आशमा


0 comments:
Speak up your mind
Tell us what you're thinking... !