|
|
|
|
चितवन, २१ (ओएनएस) : युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले अवको केही बर्षमा नेपालको राष्ट्रिय राजनीतिबाट एमाओवादी पतन भएर सकिने दावी गरेका छन् ।युवा संघ नेपालका अगुवा कार्यकर्ताहरुलाई आइतबार एमाले जिल्ला पार्टी कार्यालय चितवनमा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले एमाले नै नेपालको कम्युनिष्ट आन्दोलनको मुलधार भएको दावी गरे ।
नेपाली कांग्रेसको नेतृत्वको सरकार गठन भए त्यस्तो सरकारले जनताको हितमा काम गर्न नसक्ने उनको भनाई थियो । उनले जनताको काम नगर्ने कांग्रेस नेतृत्वको सरकारमा एमाले सहभागी हुन नहुने बताए ।
बस्नेतले संगठनलाई बलियो बनाउने रणनीति बनाए आगामी निर्वाचनमा एमाले सबभन्दा ठूलो पार्टी हुने अनुमान गरे । उनले त्यसका लागि एमालेका युवा नेताले पार्टीमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए ।
अबको केही बर्ष भित्रै एमाओवादीको पतन हुन्छ’

0 comments:
Speak up your mind
Tell us what you're thinking... !