Headlines News :
Home » » लोकतन्त्रको कुरा गर्नेले आफै पदमा टासिएर बस्न मिल्छ ?

लोकतन्त्रको कुरा गर्नेले आफै पदमा टासिएर बस्न मिल्छ ?



काठमाडौं,पुस २४ – राष्ट्रपति निर्वाचनको विषयलाई लिएर कांग्रेस एमालेबीच दन्तबजान चलिरहेका बेला नेकपा एमालेका सचिव शंकर पोखरेलले कांग्रेसले लोकतन्त्र जपेर लोकतन्त्रकै खिल्ली उडाएको आरोप लगाएका छन् । राष्ट्रपतिको निर्वाचनको विषयमा कांग्रेसले राख्दै आएको अडानलाई संकेत गर्दै उनले यस्तो धारणा राखेका हुन् । राजधानीमा आज आयोजित एक कार्यक्रममा कांग्रेसले भन्दै आएको लोकतन्त्रप्रति स्वयं काग्रेस नै प्रतिवद्ध नरहेको भन्दै उनले कटाक्ष गरे । राष्ट्रपतिको विषयमा कांग्रेसले राखेको अडानतर्फ इंगित गर्दै पोखरेलले प्रतिप्रश्न गरे,‘लोकतन्त्रको कुरा गर्नेले आफै पदमा टासिएर बस्न मिल्छ ? कांग्रेसले भन्ने गरेको लोकतन्त्र के हो?’ पोखरेलले संविधानको पहिलो धाराले नयाँ राष्ट्रपतिको परिकल्पना गरेको भए पनि कांग्रेसले आफु अनुकुलको व्याख्या गर्न अन्तिम धारालाई उठाएर बखेडा झिकेको आरोप लगाए । ‘कांग्रेस आफुलाई फाइदा हुने अन्तिम धारा समातेर संविधानको पहिलो धाराप्रति किन मौनधारण गरिरहेको छ?’पोखरेलको प्रश्न थियो । पोखरेलले सवाल राष्ट्रपतिको भन्दा पनि विधि र प्रकृयाको भएकोले कांग्रेसलाई बिधि र प्रक्रिया नमिच्न अनुरोध गरे । राष्ट्रपति यादवले संक्रमणकालिन नेपालको समस्याहरु हल गर्न महत्वपुर्ण भुमिका खेलेको भए पनि एउटै ब्यक्तिलाई इमान्दार भएकै कारण लामो समयसम्म स्विकार्न नसकिने उनको तर्क थियो । ‘हामीलाई पनि राष्ट्रपति यादव मन पर्छ’उनले भने,‘तर ब्यक्ति मन पर्यो भन्दैमा बिधि र प्रक्रिया मिचेर अगाडि जान सकिँदैन ।’राष्ट्रपतिको विषयमा चाडै नै स्पष्ट भएर यसलाई निकास दिनुपर्नेमा उनको जोड थियो । उनले राष्ट्रपतिको बिषयलाई विवादको विषय बनाएर अघि बढदा दिर्घकालिन असर गर्ने भएकाले अहिले नै टुंगाउनु पर्ने बताए । आह्वानको विषय सर्वोच्चले यसैबीच, सचिव पोखरेलले संविधानसभाको पहिलो बैठक कसले बोलाउने भन्ने बारेको समस्या अदालतले नै हल गर्ने बताएका छन् । उनले संविधानसभाको पहिलो बैठक बोलाउने विषयलाई विवादको विषय बनाउनु नै गलत भएको बताए । ‘संविधानसभाको बैठक बोलाउने विषय कुनै विवाद गर्न लायक विषय नै होइन,’उनले भने,‘यो विषय अदालतमा प्रबेश गरिसकेकाले अव अदालतले नै समस्या फुकाउँछ । यसमा विवाद गर्नुको कुनै तुक छैन ।’उनले राष्ट्रपतिको विषयमा कांग्रेसले ढिलो आफ्ना धारणा राखेर गल्ती गरेको बताए । निर्वाचनकै बेलामा यस्ता विषय उठाएको भए अहिले समस्याको रुपमा झेन्नु पर्ने थिएन भन्ने उनको तर्क थियो ।‘निर्वाचनकै बेला उठाएको भए समस्या आउँदैनथ्यो । अहिले असमयमा आएर उठाइदिँदा समस्या भयो ’पोखरेलले भने । पोखरेलले वकिलले मुद्दद्दा दायर गरिदिएर समस्या थप चुलिएको बताउँदै अव यसवारेमा तर्क बितर्क गर्नु भन्दा पनि फैसला कुर्नुमा बुद्धीमानी हुने सुझाव दिए । उनले संविधानअनुसार गर्ने हो भने मन्त्रीपरिषद्को अध्यक्षले गर्नु पर्ने र असल परम्पराका लागि हो भने राष्ट्रपतिले पहिलो बैठक बोलाउनु पर्ने प्रष्ट पारे । उनले असल परम्परा बसाल्ने हो भने राष्ट्रपतिको पनि नयाँ चुनाव हुनु पर्ने बताए । ‘असल परम्परा नै हाम्रो पहिलो रोजाइ हो भने हामीले अनावश्यक बखेडा झिक्नु हुँदैन’उनले भने । सत्ता समिकरणको ठोस प्रस्ताव खै? सचिव पोखरेलले सरकार गठनबारे कांग्रेसले ठोस प्रस्ताव ल्याउनु पर्ने बताएका छन् । राष्ट्रपतिले संविधानसभाको पहिलो बैठक बोलाउन ढिलाई गरे जस्तै कांग्रेसले पनि सरकार गठनबारेको प्रस्ताव ल्याउन ढिलाई गरेकाले तत्काल उचित प्रस्ताव ल्याउन माग गरे । ‘कांग्रेसले सरकार गठनबारे छिट्टै प्रस्ताव ल्याउनु पर्छ ’ उनले भने ,‘कांग्रेसले तत्काल त्यसवारेको प्रस्ताव ल्याएर सरकारको नेतृत्व गनुपर्छ ।’लोकतन्त्रको कुरा गर्नेले आफै पदमा टासिएर बस्न मिल्छ ?

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार