|
|
|
|
टोरोन्टो, पुस २० - क्यानडाको टोरोन्टोमा एकजना नेपाली महिलाको मृत्यु भएको छ। बिगत ४ बर्षदेखि ‘लिभ इन केयरगिभर’का रुपमा कार्यरत पुनम गिरीको रोजगारदाताको घरमा सुतेकै अवस्थामा बुधबार राति मृत्यु भएको यहाँस्थित नेपाली संघसंस्थाले जनाएका छन्। पोष्टमोर्टमको रिर्पोट प्राप्त नभएका कारण मृत्युको आधिकारिक कारण भने यकिन भएको छैन।
मृतकको नजिकको आफन्त मध्ये नर्सिङ अध्ययनरत छोरीलाई क्यानडा ल्याएर अन्तिम संस्कार गर्ने विकल्पका बिषयमा एनआरएन क्यानडा लगायतका यहाँका अरु नेपाली संघसंस्थाहरुले एक आपसमा समन्बय गरी कार्य गरिरहेको एनआरएन क्यानडाका अध्यक्ष अनिल थापाले जानकारी दिएका छन्।
मृत्युको कारण नजिकको आफन्तलाई मात्रै जानकारी दिने यहाँको कानुनी प्रावधानका कारण काठमाडौंमा रहेकी मृतककी छोरीलाई टोरोन्टो ल्याउन नेपाली संघ संस्थाहरुले पहल गरिरहेका छन्।
यो कार्यमा जुटिरहेका एकजना नेपाली अगुवा गोपाल भण्डारीका अनुसार मृतकले छोरीका नाममा इच्छा पत्र लेखेको कारण छोरीको आगमन महत्वपूर्ण भएको कारण नेपाली समुदायले उनकी छोरीलाई ल्याउन पहल गरिरहेको बताए। ‘अन्तिम संस्कार गर्न पनि नेपाल लैजानु भन्दा क्यानडामा गर्दा नै ब्यबहारिक देखिएको सवै पक्षबाट पहल भईरहेको छ’, भण्डारीले बताए।
नेपाली दुतावास क्यानडाले टोरोन्टोका नेपाली संघ संस्थाहरुले गिरीको अन्तिम संस्कार गर्ने लगायतका बिषयमा एकजुट भएर काम गरिहेको जनाएको छ। दुतावासका काउन्सिलर दिलिप पौडेलले दुतावासबाट आवश्यक पर्ने हर सहयोग उपलब्ध हुने बताए। गिरीको निधनप्रति क्यानडाका नेपाली संघसंस्थाले दु:ख ब्यक्त गरेका
क्यानडामा एक नेपाली महिलाको निधन


0 comments:
Speak up your mind
Tell us what you're thinking... !