Headlines News :
Home » » कट्रिनाले खोलीन आफ्नो प्रेमको रहस्य

कट्रिनाले खोलीन आफ्नो प्रेमको रहस्य



आज उनी कराडौँ रुपैयाँमा खेल्छिन् तर, बाल्यकालमा उनीसँग गुच्चा किन्ने पैसा पनि हुँदैनथ्यो कट्रिना कैफ अहिले बलिउडकी सबैभन्दा चर्चित अभिनेत्री हुन् पछिल्लो पटकधुम–३’मा झुल्किएकी यही फिल्मका कारण उनी तारिफ कमाइरहेकी छिन् उनको यस्तो सफलता देखेर अन्य समकालीन बलिउड अभिनेत्रीले आह्रिस गर्दै कुरो काट्ने गरेका छन् उनीहरू भन्छन्–कट्रिनासँग अभिनेत्रीमा हुनुपर्ने गुण केही थिएन बलिउड स्टार सलमान खानकोनिगाह’का कारण उनी चम्किएकी हुन् ।’
सलमानको औंला समातेर बलिउडमाताते’ गर्न सिकेको भन्ने भनाइलाई कट्रिना पूर्णतः नकार्दिनन् भन्छिन्, ‘यो सत्य हो, सलमानले मलाई ठूलो मद्दत गर्नुभएको थियो तर, ममा प्रतिभा थिएन भने उहाँले मात्रै मलाई के नै गर्न सक्नुहन्थ्यो रु अभिनय गर्न नसकेको भए कुन चाहिँ राम्रो निर्देशकले मलाई आफ्नो फिल्ममा काम गर्ने अवसर दिन्थे होलान् रु’
सलमानसँगको सम्बन्ध त्यसपछिको सफलताले उनलाई उत्साहित गर्छ त्यसअघिका संघर्षका दिन सम्झिँदा उनी भावुक हुन्छिन्
आफ्नो बाल्यकाल सम्झिँदै कट्रिना भन्छिन्, ‘ जना छोरी एक जना छोरासहित नौ जनाको ठूलो परिवार थियो हाम्रो ।’ घर भनेको स्थिरप्रायः हुन्छ, जहाँ दुईतीन पुस्ताले जिन्दगी बाँचेका हुन्छन् तर, हाम्रो घर अलिक भिन्न खालको थियो,’ कट्रिना सम्झिन्छिन्, ‘एउटा घरमा हामीले तीनचार वर्षभन्दा बढी बस्न पाएनौँ
घर सरिरहनुपथ्र्यो किनकि, मेरी आमाको जागिरमा सरुवा भइरहन्थ्यो उहाँ अधिवक्ता समाजसेवी हुनुभएकाले कहिले कहाँ कहिले कहाँ पुग्नुपथ्र्यो उहाँ जता जानुभयो, परिवार पनि त्यतै जान्थ्यो ।’
सानो छँदा कट्रिना कुनै दिनफायर फाइटर’ अथवास्टन्ट वुमन’ बन्ने सपना देख्थिन् हक्की, साहसी खालको व्यक्तित्व निर्माण गर्ने रहर थियो, उनमा अमेरिकाको अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने नासा एकेडेमीमा पढ्न जाने सपना पनि देख्ने गर्थें तर, यी सपना केवल मनका लड्डु थिए, ’ कट्रिना बाल्यकालका क्षणमा डुब्दै गइन्
ठूलठूला सपना देखे पनि सानो सपना पूरा गर्ने हैसियत उनको उमेरका बालबालिकामाझैँ कट्रिनामा थिएन गुच्चा संकलन गर्नु मेरो सोख थियो तर, किन्नका लागि मसँग पैसा हुँदैन थियो
अरूले मलाई गुच्चा दिने लोभ देखाएर काम लगाउने गर्थे,’ उनले अतीत सम्झिइन्, ‘दिदीले मेरो गुच्चामोह बुझ्नुभएको थियो त्यसैले, गुच्चा दिने लोभ देखाएर मलाई काम अह्राउनुहुन्थ्यो गुच्चा पाउने लोभमा घरका सारा काम गर्थें कहिले घरमा धेरै भाँडा हुन्थेँ माझ्दामाझ्दै हात गल्थे यसरी काम गरेबापत दिदीले तीनचार वटा गुच्चा दिनुहुन्थ्यो ।’
कट्रिना भनेपछि मरिमेट्नेहरूको अहिले कुनै कमी छैन तर, किशोरी अवस्थामा उनलाई कसैले वास्ता गर्दैनथ्यो
कश्मिरी बाबु बेलायती आमाकी सन्तान कट्रिनाले किशोरावस्थामा मुम्बई बसाइँ सरिन् मुम्बईमा बस्दा एउटा केटो मसँग ज्यादै नजिक थियो उसँग मेरोलभ’जस्तै केही परेको रै’छ,’ उनले सुनाइन्, ‘एक दिन पार्टीमा त्यो केटालाई अर्कैै केटीसँग देखेँ मलाई सहिनसक्नु भयो रातभरि रोएँ निन्द्रै लागेन ।’
बेलायतमा रहँदा काम नपाएको पीडा उनी अझै सम्झिन्छिन् चौधपन्ध्र वर्षको उमेरमाज्वेलरी क्याम्पेन’मा मोडलिङ गर्ने अवसर मिल्यो त्यसपछि बिस्तारै उनले ¥याम्पमा क्याटवाक’ गर्ने अवसर पाउन थालिन् उनको आत्मविश्वास बढ्न थाल्यो
सिकाइको पनि प्रक्रिया हुँदो रै’छ भन्नेमा कट्रिना विश्वस्त छिन् आज अक्षय कुमार मेरोकेमेस्ट्री’ एकदम मिल्छ भन्ने विश्लेषण गरिन्छ अक्षयसँग पहिलो पटक काम गर्दाको क्षणलाई कट्रिनाले भुल्न सकेकी छैनन् हामीहमको दीवाना कर गए’ फिल्मको छायांकनमा व्यस्त थियौँ,’ उनले भनिन्, ‘तर, दिनभरि अक्षयले मसँग दोहोरो कुरा गर्नुभएन यस्तो उपेक्षाका कारण एकदम नरमाइलो लाग्यो घर गएर खुब रोएँ राति फोन गरेर एक जना कस्ट्युम डिजाइनर साथीलाई फोन गरेरफिल्म इन्डस्ट्रीमा यस्तै व्यवहार हुने गर्छ रु’ भनी सोधेँ उसले फिल्म क्षेत्रमा यस्तै हुन्छ भन्दा झन् नमज्जा लाग्यो ।’
सुरुसुरुमा ठूलठूला निर्देशकले कट्रिनालाई आफ्नो फिल्ममा लिन ठाडै अस्वीकार गरेका थिए मैले बलिउडका धेरै नामी निर्देशकसँग काम गरिसकेकी छु,’ उनले भनिन्, ‘यशराज चोपडा, सुभाष घई, राजकुमार सन्तोषी, कबीर खान, विपुल शाहजस्ता उम्दा निर्देशकसँग काम गरेकी छु यी सबै निर्देशकले कुनै बेला मलाई आफ्नो फिल्ममा लिन मानेका थिएनन् ।’

धुम–३’मा कट्रिनाको नृत्य स्टन्ट्स’को आज खुब तारिफ गरिँदै तर, संघर्षका दिनमा उनको क्षमतालाई धेरैले पत्याउन सकेका थिएनन् कोरियोग्राफर फराह खानसँगजस्ट चिल चिल’ गीतमा पहिलो पटक काम गरिरहेकी थिएँ,’ उनले सम्झिइन्, ‘उहाँ मेरो नृत्यबाट सन्तुष्ट हुनुभएन नाच्दै गर्दा उहाँलेतिम्रो हात कुखुराको पखेँटाजस्तै फडफडाउँदो रै’छ’ भन्नुभयो ।’ फराह खानको असिस्टेन्ट अन्य डान्सरसँग हँसीमजाक गरिरहेका बेला फराहले आफ्नो सातो खाएको सम्झिँदा कट्रिनालाई अहिले पनि डर लाग्छ रमाइलो गरिरहेका थियौँ,’ उनले सम्झिइन्, ‘फराहओई कुखुराप्वाखेँ कट्रिना’ भन्दै चिच्याउनुभयो मेरो हंसले झन्डै ठाउँ छोडेको थियो ।’
कट्रिनाले बलिउड प्रवेश गरेको नौ वर्ष बितिसकेको यस अवधिमा कैयौँले मेरो साथ दिनुभयो, तर सलमान अक्षयले गर्नुभएको सहयोगलाई कहिल्यै भुल्न सक्दिनँ उहाँहरू दुवै जना मेरो परिवारका सदस्यजस्तो लाग्छ,’ भावुक हुँदै कट्रिनाले सुनाइन् अक्षयले आफूलाईप्रोफेसनल्ली’ ठूलो सहयोग गरेको कट्रिना बताउँछिन् सलमानले वर्षौंअघि मलाईएक दिन तिमी निकै माथि पुग्छौ’ भन्नुभएको थियो,’ उनले सम्झिइन्, ‘ यहाँसम्म आइपुग्नुमा उहाँहरू दुवैको ठूलो हात मनोरन्जन संसार
कट्रिनाले खोलीन आफ्नो प्रेमको रहस्य

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार