Headlines News :
Home » » लापरवाही पनि कतिसम्म? एम्बेलेन्स लिएर बनभोजमा नयाँ वर्ष २०१४ मनाउदै

लापरवाही पनि कतिसम्म? एम्बेलेन्स लिएर बनभोजमा नयाँ वर्ष २०१४ मनाउदै



भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस! 
 पुस १८, सिरहा ।

नयाँ वर्ष २०१४ को रौनकले बिरामी बोक्ने एम्बुलेन्सलाई पनि छोडेन भन्दा अचम्म लाग्न सक्छ ।

सिरहाको बडहरामाल ३, बन्दिपुरमा रहेको कमलामाई पोलिक्लिनिकको स १ च ७४२ नम्बरको एम्बुलेन्स आइतबार दिनभर जासो बिरामी बोक्न भन्दा पनि अरु काममै व्यस्त रह्यो ।



पोलिक्लिनिकका कर्मचारीको वनभोजका सामान ओसार पसारमै एम्बुलेन्सको दिन बित्यो । वनभोजकै क्रममा कमला नदी पुगेका शिक्षक भोजराज चौहानले बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भएको देख्दा आफू अचम्ममा परेको बताउनुभयो ।

आफू पनि विद्यार्थीसँगै वनभोजमा पुगेका चौहानले एम्बुलेन्सको दुरुपयोग भएको बताउनुभयो । यता पोलिक्लिनिकका सञ्चालक नविन जयसवालले वनभोजमा एम्बुलेन्स गएको स्वीकार गरे पनि दिन नबिताएको बताउनुभयो । उहाँले वनभोज गएका कर्मचारीलाई पुर्याबउन गएपनि एम्बुलेन्स दिनभर त्यतै नबसेको बताउनुभयो । सरकारले दिएको भन्सार छुटमा किनिएका यस्ता एम्बुलेन्स सिरहामा व्यक्तिगत काममा धेरै नै प्रयोग हुने गरेको छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार