|
|
|
|
२१ पुस, दाङ । भारतमा काम गर्न गएका पाँच जना नेपाली कामदारको घरले किचेर ज्यान गएको छ । गोवाको कानाकोनामा ५ तल्ले घर भत्कदा त्यसमा च्यापिएर काम गर्न गएका पाँच नेपाली कामदारको मृत्यु भएको हो ।
मृतक पाँचै जना दाङको गोलटाकुरी र फूलबारी गाबिस निवासी रहेको त्यहाँबाट सुवास वली र मदन गौतमले जानकारी दिएका छन् ।
उनीहरुले दिएको जानकारी अनुसार रोजगारीको सिलसिलामा त्यहाँ पुगेका दंगाली यूवाहरु एनएस कनस्ट्रकसन बिउल्डरमा सिक्यूरेटीको काम गर्दै आएका थिए । नाइट ड्यूटि सकेर सुतेको समयमा पौंने तीन बजेतिर घर भत्किएको र उनीहरुको च्यापिएर मृत्यु भएको बताइएको छ । पाँच नेपालीसहित झन्डै ५० जनाको मृत्यू भएको र उद्धारकार्य जारी रहेको बताइएको छ ।
उक्त दुर्घटनामा परी मृत्यू हुनेमा दाङ गोलटाकुरी निवासी ताराबहादुर खड्का, दिपक वली र सोही गाविस वडा नम्बर ६ कै सिताराम बिक र दिपेश विक तथा फूलबारी गाविसका डम्मर नेपाली रहेका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
-घरले किचेर भारतमा ५ नेपाली कामदारको मृत्यु


0 comments:
Speak up your mind
Tell us what you're thinking... !