|
|
|
|
१ मंसिर, काठमाडौं । ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको आफ्नो दोस्रो खेलमा नेपालले केन्यामाथि ६ विकेटको जित निकालेको हो । जितसँगै नेपाल ४ अंकका साथ समूह बीको दोस्रो स्थानमा छ । समान ४ अंक जोडेको पपुवा न्यूगिनी रन रेटमा अघि रहँदै शीर्ष स्थानमा छ । केन्याले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य नेपालले २ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कप्तान पारस खड्काले अविजित ५४ रन बनाए भने सुवास खलुरेलले समान ५४ रन जोडे । आक्रमक ब्याटिङ गरेका सरद् भेसवाकरले ६ बलमा तीन छक्काको मदतमा २३ रन जोडे । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा सरदले पहिलो बलमा छक्का हाने भने त्यसपछि २ रन लिएर स्ट्राइक आफैंसँग राखे । त्यसपछिको दुई बलमा लगातार छक्का हानेका उनले नेपाललाई जित दिलाए । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले २२ बलमा ३२ रन बनाए भने विनोद भण्डारीले १२ रन बनाए भने ओपनर प्रदिप ऐरी पहिलो विकेटका रुपमा १ रनमै आउट भएका थिए । यसअघि पहिले व्याटिङ गरेको केन्याले रकेप पटेलको शतकको मदतमा २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । आक्रमक ब्याटिङ गरेका पटेल १ सय ३ रनमा नेपाली कप्तान पारसको बलमा आउट भए । उनले सरदको बलमा एकै ओभरमा ३० रन लिएका थिए । नेपालका जितेन्द्र मुखिया र बसन्त रेग्मीले २/२ तथा पारसले १ विकेट लिएका थिए । नेपालले सोमबार आफ्नो तेस्रो खेलमा स्कटल्याण्डको सामना गर्नेछ । ट्वान्टी-२० विश्वकप छनोटमा नेपालको दोस्रो जित








0 comments:
Speak up your mind
Tell us what you're thinking... !