|
|
|
|
लोडसेडिङले धेरै नेपाली आजित छन् । अझ जाडोयाम बढ्दै जाँदा बढ्ने लोडसेडिङ हामी सबैको टाउको दुःखाईको विषय हो । तर, कुनै टेलिभिजन स्टेशनमा यस्तो भयो भने कस्तो समस्या आउँला ? आइतबार साँझ नेदरल्याण्डको एनओएस टेलिभिजन स्टेशनमा यस्तै भएको छ । विद्युत आपूर्ति बन्द भएका कारण टीभीमा खेलको कार्यक्रमको लाइभ प्रशारण मनबत्तिको उज्यालोमा गर्नु परेको छ । विद्युत आपूर्ति कम्पनीले गरेको परीक्षणको कारण थगा ब्याकअप ब्याट्री सकिएका कारण देशको सरकारी टीभी च्यानलमा आधा घण्टाभन्दा बढी समयसम्म प्रशारण राकिएको थियो । एनओएस्का समाचार प्रस्तोता हरमन जान ढर जाड्टले भने–विद्युत नभएपछि केहीबेर अन्धाकार भयो तर विस्तारै ब्याकअप विजुली आपूर्ति हुन थाल्यो र केहीबेरमा विद्युत आयो ।’ विद्युत यस्तो बेलामा गयो, जतिबेला टीभी स्टेशनमा अबेर रातको समाचार कार्यक्रम केहीबेरमा प्रशारण गर्नु पर्ने थियो । ब्याकअपले कन्ट्रोल रुमकना केही कम्प्युटर स्क्रीन चल्यो तर न क्यामरा न ध्वनि सुरु गर्न सकियो । स्टेशनमा भएको विद्युतले नपुग्ने भएपछि स्टुडियोमा मैनवत्तिको प्रयोग गरेर खेल कार्यक्रम चलाइएको थियो । -


0 comments:
Speak up your mind
Tell us what you're thinking... !