|
|
|
|
रौतहट— एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपाल रौतहटमा चुनाव प्रचार गर्न आउने भएपछि पूर्वपश्चिम राजमार्गकोको लमहा जंगलमा रुख ढालेर राजमार्ग अवरुद्ध पारिएको छ। चन्द्रनिगाहपुर बजारदेखि ३ किलोमिटर पश्चिम राजमार्गमा रुख ढालेर च्यवनप्रासको बट्टामा 'खतरा' लेखेर ढालेको रुखमा भुण्डयाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। सो बस्तु बिस्फोटक पदार्थ हुनसक्ने अनुमान गर्दै नेपाली सेनाको टोली अहिले घटनास्थल पुगेको छ। प्रमुख जिल्ला अधिकारि दिलबहादुर घिमिरेकाअनुसार सेनाको टोलीले रुख ढालेर राखिएको बम निस्क्रिय पारेको छ।रुख ढालेर सडक अवरुद्ध गर्ने काम चुनाव विरोधीहरुले गरेको हुनसक्ने सुरक्षा निकायले शंका गरेको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको चुनावी सभालाई लक्ष्यित गर्दै यसअघि वैद्य माओवादीले यही शैलीमा सडक अवरुद्ध गर्ने र बम राख्ने कार्य गर्दै आएको छ। बाराबाट नागरिकन्युजकर्मी उपेन्द्र यादवले जनाएअनुसार एमाओवादीका जागरण अभियान कार्यक्रमलाई प्रभावित गर्न बाराको दुई स्थानमा राखिएका बमलाई सेनाको टोलीले निस्क्रिय पारेको छ। बाराको सिमरामा शुक्रवार ऐनेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल र पार्टी नेताहरुले मेची महाकाली जागरण अभियानलाई सम्बोधन गर्न कार्यक्रम छ।शुक्रबार मेची महाकाली जागरण अभियान कार्यक्रमलाई प्रभावित गर्नको लागि अज्ञात समूहले बीरगंज पथलैया औद्योगिक कोरिडोरको पृथ्वी राजमार्गमा पर्ने बाराको जितपुर र सिमराको दुई स्थानमा बिहीबार राती विस्फोटक पदार्थ राखेको बताइएको छ। बाराका प्रहरी उपरिक्षक ठाकुर ज्ञवालीले जितपुर र सिमरामा राखेका विस्फोटक पदार्थलाई जितपुरमा रहेको नेपाली सेनाको पोस्टबाट खटेका बम डिस्पोजल टोलीले निस्क्रिय पारिसकेको छ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !