|
|
|
|
अष्ट्रेलिया, कार्तिक २६ - अष्ट्रेलियाको सिडनीमा सोमबार बिहान एक नेपाली युवाको छुरा हानी हत्या गरिएको छ । मृतक ३० बर्षका अमिन स्थापित भएको र उनलाई हिजो सोमबार बिहान सिडनीको डार्लिङ पोइन्टमा रहेको उनको अर्पाटमेन्टमा हत्या गरिएको हो । स्थानीय पहरी र पारामेडिक्सले गम्भिर अवस्थामा भेटेका उनलाई बचाउने कोशिष गरेका थिए । तरपनि उनलाई बचाउन सफल भएनन ।
स्थानीय समाचार माध्यम द डेलि टेलिगाफका अनुसार स्थापितको हत्यामा सँलग्न रहेको भन्दै २८ वर्षीय रोय अबानालेस ताबालबागलाई पक्राउ गरेको छ । यहाँका स्थानीय सञ्चारमाध्यमले बिहान १० देखि १०ः३० कोबीचमा घटना भएको उल्लेख गरेका छन् ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !