Headlines News :
Home » » गाईलाई झरेको भोटबाटै धाँधली प्रष्ट भयो :पौडेल

गाईलाई झरेको भोटबाटै धाँधली प्रष्ट भयो :पौडेल



९ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले काठमाडौं उपत्यकामा गाई चिन्हमा खसेको मतकै आधारमा धाँधली भएको प्रष्ट हुने बताउनुभएको छ । काठमाडौंमा बढी सीट जितेको कांग्रेस भन्दा राप्रपा नेपालको गाई चिन्हमा समानुपातिकतर्फ बढी मत खसेको देखिनुले धाँधली भएको पुष्टि हुने पौडेलले अनलाइनखबरलाई बताउनुभयो । ‘उपत्यकामा गाईलाई खसेको मत हेर्नोस् र नेपाली कांग्रेसको मतलाई हेर्नोस्, धाँधली भएको हो कि हैन भन्ने यसैबाट पुष्टि हुन्छ ।’ पौडेलले भन्नुभयो,’धाँधलीको प्रमाण खोज्न अन्त जानै पर्दैन ।’ प्रत्यक्षतर्फ एकसीट पनि नजितेको राप्रपा नेपालले काठमाडौं उपत्यकामा ल्याएको समानुपातिकतर्फका मत कांग्रेसको भन्दा बढी देखिएपछि एमाओवादी नेता पौडेलले यस्तो प्रतिक्रिया दिनुभएको हो । पौडेल काठमाडौं ९ को उम्मेद्वार हुनुहुन्थ्यो । उहाँको क्षेत्रको मतपेटिका बोकेको गाडी

त्रिपुरेश्वरमा दुर्घटना भएको भन्दै धाँधली गरिएको एमाओवादी नेताहरुले आरोप लगाउँदै आएका छन् । काठमाडौं उपत्यकाका १५ सीटमध्ये काठमाडौं १, ५ र ८ नं क्षेत्रमा तेस्रो स्थानमा आएको राप्रपा नेपालले यी तीनवटा क्षेत्रमा बाहेक अन्य १२ स्थानमा एमाओवादीलाई जित्न सकेको थिएन । एमाओवादीले काठमाडौं १ र ललितपुर २ मा दोस्रो हासिल गरेको थियो भने अन्य १० स्थानमा तेस्रो स्थान हासिल गरेको थियो । तर, समानुपातिकको मत परिणाममा भने एमाओवादीलाई मात्रै नभएर राप्रपा नेपालले एमाले र कांग्रेसलाई समेत जितेको छ । ‘एकभोट दाइलाई, एकभोट गाईलाई’ भन्दै कांग्रेस र एमालेका मतदाताले समेत समानुपातिकतर्फ गाईमा भोट हालेको हुन सक्ने केहीले अनुमान गर्दै आएका छन् । तर, गाईको भन्दा कम भोट ल्याउने कांग्रेस र एमालेले कसरी काठमाडौं उपत्यकामा यति धेरै सीट जित्न सम्भव भयो भन्दै एमाओवादी नेताहरुले प्रश्न उठाएका छन् । कमल थापाले सबैभन्दा धेरै मत ल्याएको भए उसैले उपत्यकामा बढी सीट जित्नुपर्ने एमाओवादी नेताको तर्क छ । एमाओवादीले २ सय ४० क्षेत्रमा अभियान थाल्ने यसैवीच आइतबार पेरिसडाँडामा सम्पन्न एमाओवादीको बैठकले धाँधलीको भण्डाफोर गर्दै २ सय ४० वटै निर्वाचन क्षेत्रमा अभियान चलाउने भएको छ । अभियानको कार्ययोजना प्रतिवेदन सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नु हुने भएको छ । केन्द्रीय समितिको बैठक छोटो बस्ने र अभियानमार्फत देशैभरिबाट धाँधलीका रिपोर्टहरु संकलन गरिने एमाओवादी नेता पौडेलले अनलाइनखबरलाई जानकारी दिनुभयो । तर, संविधानसभाको उपयोग गर्ने सम्भावना रहेको उहाँले स्पष्ट पार्नुभयो गाईलाई झरेको भोटबाटै धाँधली प्रष्ट भयो : पौडेल एमाओवादीले देशैभरि धाँधलीको रिपोर्ट बुझ्न नेता खटाउने -

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार