|
|
|
|
काठमाडौं– एमाले अध्यक्ष झलनाथ खनाल (इलाम १), वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल(काठमाडौं–२ र रौतहट–१) र उपाध्यक्ष बामदेव गौतम(प्युठान–१ र बर्दिया–१)बाट विजयी भएका छन्। प्रभावशाली नेता केपी शर्मा ओली झापाबाट विजयी भएका छन् भने सचिव विष्णु पौडेल रुपन्देही ४ बाट विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतबाट प्रमणपत्र लिएपछि एमाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नेपालले जीतबाट उन्माद र हारबाट हतास नहुन आग्रह गरका थिए। 'विजयको उन्माद र हारबाट हतास हुनु हुदैन,' नेपालले भने, स्थायी घर रौतहटभै काठमाडौं–२ मा बस्दै आएका नेपालले २०५६ सालमा रौतहट–१ बाट
विजयी भएका थिए । बैंकको जागिर छाडेर भूमिगत राजनीति शुरु गरेका नेपाल २०४८ सालका संसदीय निर्वाचनपछि माथिल्लो सदन राष्ट्रियसभाका विपक्षी दलका नेता रहेका थिए।२०५१ मध्यावधी निर्वाचन पछि गठन गरिएको मनमोहन अधिकारीको अल्मतको सरकारमा नेपाल उप प्रधानमन्त्री, रक्षा तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । २०५६ को ससदीय निर्वाचन पछि उनी संसदमा विपक्षी दलक नेता बनेका थिए ।२०६४ सालको संसदीय निर्वाचनमा नेपाल काठमाडौं २ र रौतहट–६ बाट पराजित भएका थिए। निर्वाचनमा पार्टी र आफ्नो पराजय पछि उनले पार्टीका महासचिवबाट राजिनामा दिएका थिए। पछि सरकारले मनोनित गर्ने प्रवधानको २६ सीटबाट संविधानसभाका पुगेका नेपाल प्रधानमन्त्री समेत बने।एमालेमा प्रभावशाली रहेका बामदेव गौतम एमालेका उपाध्यक्ष हुन् । बर्दिया स्थायी ठेगाना भएका गौतमको प्युठानमा जन्मेका हुन्।२०४८ र २०५१ सालका संसदीय निर्वाचनमा बर्दियाबाट गौतम विजयी भएका थिए । २०५६ र २०६४ सालमा उनी पराजित भएका थिए । २०५१ मा पार्टीले अल्पमत सरकार गठन गर्दाको समयमा उप महासचिव बनेका गौतमले पार्टीलाई सञ्चालन गरेका थिए । महाकाली सन्धिको विषयमा विवाद चर्कदै गएपछि गौतमकै नेतृत्वमा २०५४ सालमा पार्टी विभाजित भएको थियो । नेकपा(माले)का महासचिवका रुपमा रुपमा प्रतिस्पर्धा गरेका थिए । २०५८ सालमा एमालेमै सो समुह विलय भएको थियो ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !