Headlines News :
Home » » उपेन्द्रकान्त अर्यालको बढुवाविरुद्ध पार्वती थापाद्वारा सर्वोच्चमा रिट

उपेन्द्रकान्त अर्यालको बढुवाविरुद्ध पार्वती थापाद्वारा सर्वोच्चमा रिट



२१ कात्तिक, काठमाडौं डीआइजी उपेन्द्रकान्त अर्याललाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध प्रहरी नायव महानिरीक्षक (डीआइजी) पार्वती थापाले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थापाले बिहीबार अपराहृन दायर गरेको रिटमा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाइएको आफूभन्न्दा जुनियर अर्यालको बढुवा पहुँच तथा प्रभावका आधारमा गरिएको भन्दै डीआइजी थापाले रिटमा आफूलाई एआईजीमा बढुवा गर्न अन्तरिम आदेशको माग गर्नु भएको सरकारले कात्तिक १४ गते डीआइजी उपेन्द्रकान्त अर्याललाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको थियो सरकारको यो निर्णयसँगै अर्याल कात्तिक २९ गतेपछि प्रहरी प्रमुख बन्ने बाटो खुलेको अर्यालको सट्टा डीआइजी पार्वती थापालाई एआइजीमा बढुवा गर्न ठूलै लबिङ समेत भएको थियो अन्य पाँच जना एआएइजीसँगै प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले चुनाव आउनुभन्दा दिन अघि अवकाश पाउँदै हुनुहुन्छ महानिरीक्षक रानाको विदाइ पछि नयाँ प्रहरी प्रमुखले निर्वाचन हाँक्ने जिम्मेवारी पाउने छन् एआइजीहरुमा नवराज ढकाल, भीष्म प्रसाइँ, गंगा पाण्डे, दिनकर समशेर पुष्कल रेग्मीले २७ गते अबकास पाउँदै हुनुहुन्छ उहाँहरुको म्याद थप नगरिएको अवस्थामा कात्तिक २९ पछिका प्रहरी प्रमुखका एकमात्र दाबेदार अर्याल रहनुहुनेछ -

 


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार