Headlines News :
Home » » एमाले अघिअघि, कांग्रेस पछिपछि

एमाले अघिअघि, कांग्रेस पछिपछि



एमाले अघिअघि, कांग्रेस पछिपछि
संविधानसभा निर्वाचनको पछिल्लो परिणाममा एमाले अग्र स्थानमा छ। दोस्रो स्थानमा सामान्य अन्तरले कांग्रेस दोस्रो स्थानमा छ। कांग्रेसका सबै शीर्ष नेताहरुले विजय प्राप्त गरेका छन्। सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा एवं उपसभापति रामचन्द्र पौडेल विजयी भएका छन्।



काठमाडौं १० क्षेत्रमध्ये ७ क्षेत्रमा नेपाली कांग्रेसले जित हासिल गरेको छ भने ३ क्षेत्रमा नेकपा एमालेले सफलता पाएको छ।
***
डडेल्धुरा— नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा डडेल्धुराबाट लगातार पाँचौं पटक विजयी भएका छन्। २०४६ को जनआन्दोलनपछि त्यस क्षेत्रबाट निरन्तर कांग्रेस उम्मेदवार बनेका देउवा संविधान सभाको दोस्रो निर्वाचनमा २३९२० मत ल्याई विजयी भएका हुन्।
पटक पटक प्रधानमन्त्री भएका देउवा नेपाली कांग्रेसका शीर्ष शक्तिशाली नेतामध्ये पर्छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमाओवादीका खगराज भट्टले १२४८३ मत प्राप्त गरेका थिए भने एमालेका ताराप्रसाद जोशीले ७१८९ मत प्राप्त गरे।

प्रधानले १४ हजार १ सय १४ मत पाए भने एमालेका योगेश भट्टराई १२ हजार ८ सय ५३ मतसहित दोस्रा । एनेकपा माओवादीका हिमाल शर्माको भागमा ६ हजार ७ सय ६४ मत ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल ८ हजार तीन सय ६१ मतसहित रौतहट १ बाट विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका अजय गुप्ताले ८ हजार २३ मत पाए ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल रौतहट १ र काठमाडौं २ दुवै क्षेत्रबाट विजयी भएका छन् । रौतहटमा उनले  ८ हजार तीन सय ६१ मत ल्याउँदै फोरम लोकतान्त्रिकका अजय गुप्तालाई पछाडि पारे । काठमाडौं २ मा भने नेपालले २१ हजार ७ सय ४७ मत पाएका छन् ।
-

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार