|
|
|
|
सिराहामा प्रचण्ड क्षेत्रको मतगणना स्थगित
सिराहा, ७ मंसिर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेको सिराहा क्षेत्र नम्बर ५ को मतगणना कार्य स्थगित भएको छ । निर्वाचन आयोगले पठाएको पत्रअनुसार मतगणना कार्य स्थगित गरिएको निर्वाचन अधिकृत उद्धव प्रसाद प्रसाईले जानकारी दिनु भयो ।
रामपुरविर्ता गाविसमा खसेको मत भन्दा २ सय १८ मत बढी देखिएकाले निर्वाचन आयोगमा पत्राचार गरेपछि मतगणना कार्य रोक्न निर्देशन आएको निर्वाचन अधिकृत निर्वाचन अधिकृत प्रसाईले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आयोगले मतगणना कार्य स्थगित गर्न पत्र नै पठाएको छ । पुनः सुरु गर्न पत्र नआएसम्म स्थगित नै रह्नेछ ।’ मतगणना कार्य रोकिएपछि एमाले लगायतका दलहरु विरोध गरेका छन् । एमालेका नेता तथा कार्यकर्ताहरु निर्वाचन अधिकृत प्रसाईलाई घेराउ गरी मतगणना कार्य जारी राख्न आग्रह गरेका छन् । मतगणना कार्य सुरु नभएपछि कोठाबाट बाहिरिन नदिने एमाले कार्यकर्ताहरुले बताएका छन् ।
कसैले उजुरी नगरेको र न्यायधिस तथा निर्वाचन अधिकृत प्रसाईले स्वयम उजुरी खडा गरी मतगणना कार्य स्थगित गरिएको दाहालका प्रतिस्पर्धी एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठले बताउनुभयो । उहाँले एमाओवादी अध्यक्ष दाहाल हार्ने भएपछि मतगणना कार्य रोक्न षड्यन्त्र भएको आरोप लगाउनुभयो । उम्मेदवार श्रेष्ठले मतगणना कार्य पुनः सुरु गर्नुपर्ने माँग गर्नु भयो ।
अहिलेको मतगणना अनुसार एमाओवादी अध्यक्ष दाहालले सात हजार ९० र उहाँका प्रतिस्पर्धी एमालेका लीलानाथ श्रेष्ठ ६ हजार ५९० मत ल्याएर पछ्याउँदै हुनु हुन्छ । क्षेत्र नम्बर ५ मा कूल १६ गाविसमा ६८ मतदान केन्द्र रहेकोमा ३१ वटा मतदान केन्द्रको मत गणना भइसकेको छ भने ३७ वटा मतदान केन्द्रको मत गणना भएको छैन् ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !