Headlines News :
Home » » चुनाव सकियो, अब के गर्ने ? अनिल शाह:

चुनाव सकियो, अब के गर्ने ? अनिल शाह:



संविधान सभाको दोस्रो निर्वाचन होला कि नहोला भन्ने महिनौंको अनुमान पछि संविधान सभाको दोश्रो निर्वाचन सम्पन्न भएको छ । तर, निर्वाचनको दिनभन्दा अघिको चुनावी परिदृश्य र आँकलनलाई जे जसरी बुझिएको भए पनि निर्वाचनको दिनमा लगभग सवै मतदान केन्द्रहरुमा मतदानको लागि देखिएको मतदाताको सक्रिय उपस्थितिले सबैको सोचाइ र विश्लेषणलाई गलत सावित गर्दै नेपालकै

इतिहासमा सवैभन्दा बढी -निर्वाचन आयोगको प्रारम्भिक अनुमानमा ७० प्रतिशत भन्दा बढी) मतदान हुन पुग्यो । अहिले नै मुलुकको अबको राजानीति कसरी अघि बढ्नेछ भन्ने सम्बन्धमा केही भन्न सक्ने अवस्थामा छैन । एकातिर मतदाताको मतदानको परिणाम धमाधम घोषणा भै रहेको स्थिती छ भने अर्को तिर यही निर्वाचन तथा मतदान प्रकृयामा अत्यन्त सक्रियताकासाथ सामेल भएको एउटा राजनैतिक दल निर्वाचनको परिणाम आफूले सोचेजस्तो अनुभव नगरेर बहिष्कार गर्ने निश्चयमा पुगेको जनाएको छ । तर, यस निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक मत गणनाको सम्पूर्ण काम सकिएपछि निर्वाचनमा संलग्न राजनैतिक दलको धारणा आउन सकेको भए मुलुकमा एउटा परिपक्व राजनीतिक प्रणालीको विकास हुन लागेको रुपमा सवै नेपाली नागरिकले बुझ्ने थिए भन्ने मलाई लागेकोछ । त्यसैले यहाँहरुले जसलाई मतदान गर्नुभएको भए पनि वा कसैलाई मतदान नगर्नु भएको भएता पनि एउटा महाकाब्य पछि अर्को दोश्रो महाकाब्यको प्रतिक्षा गरेजस्तै हामी पनि यो दोश्रो निर्वाचान पछिको संविधान सभा पहिलो भन्दा कस्तो प्रकारलेे भिन्न होला वा पहिलेको भन्दा राम्रो होला वा पहिलेको भन्दा अझ नराम्रो होला भन्न्ो अनुमान लगाएर बसेका छौं । मुलुकले यस समयमा नयाँ संविधान प्राप्त गर्ने वा नगर्नेतर्फ विचार गर्नुभन्दा पहिले म यस अवस्थासम्मको प्रकृयामा अबलम्बन गरिएको प्रकृयाकाबारेमा केही शब्द राख्न चाहन्छु । सही निर्वाचनका लागि नेपाली जनता, हाम्रा छिमेकी मुलुकहरुका अनुकुल सरकार तथा संसारका सवै मूख्य मुलुकहरुले नेपालमा निर्वाचन होस भन्न्ो चाहाना राखेका थिए भने हाम्रा राजनैतिक दलहरु र तिनीहरुका नेतृत्वमा रहेका व्यक्तिहरु निर्वाचनको पक्षमा रहेको आभाष भएको थिएन । सबैको अपेक्षा भन्दा परबाट निर्वाचनको शब्द आयो र क्रमशः सवै जना विस्तारै विस्तारै निर्वाचनको घेराभित्र आउंदै त्यसका लागि तयार भए, जुन सवैको चाख र उर्जाको पक्षबाट हेर्दा एउटा चमकहीन विषय थियोः एक पटक अनुत्तिर्ण भएको विद्यार्थीले ब्याक पेपर दिन खोजे जस्तो खासै कुतुहलता र उत्तेजना विहीन रुपमा,यसपटक तैपनि पास भइहालिन्छ कि भन्ने जस्तो । तर, यसलाई माथिल्ल्ाो तहबाट हेर्दा मैले रविन हुड सिन्ड्रोम जस्तो देखें । यस निर्वाचनमा खर्च भएको पैसा सरकारले करदाताबाट उठाएको रकम थिएन । मैले भन्न खोजेको करदाता नेपाली र संसारभरिका करदाताहरु ज्ासको पैसा हामीले स्वतन्त्र रुपमा खर्च गर्न सक्थ्यांैै, त्यो नभई उमेदवारहरु तथा राजनैतिक दलहरुले खर्च गरेको पैसा सम्पन्नबाट डोनेसन लिई मुलुभरी नै गरीबलाई वितरण गरेको पैसा हो । नेपालमा भित्रीएको पैसाभध्ये विप्रेषणको रुपमा भित्रीएको पैसा बाहेक मुलुकमा अहिले पैसाको मैले अन्य स्रोत देखेको छैन । संभवतः यो धनको वितरणको अपूर्व मोडल हो, जसको बारेमा हामीले अनुसन्धान गर्नुपर्छ । यिनै शब्दहरुसँगै खर्च भएको पैसा तथा सरकारले उपयोग गरेको सरकारी संयन्त्रको अधिकतम् प्रयोग मार्फत हामीले हाम्रो संविधान सभाको दोस्रो निर्वाचन सम्पन्न गरेका छौं…..तर अब के त रु प्रारंभिक रुपमा गरिएको अनुमान बमोजिम यसपटकको निर्वाचनको नतिजा पनि संविधान सभा विभाजित हुने प्रकृतिको नै हुनेछ । विगतमा संविधानसभा राजनैतिक दलहरुको मुट्ठीमा थियो अर्थात मैले भन्न खोजेको के भने नेताहरु एउटा कोठामा बसेर संविधानको मस्यौदा तयार गर्न सक्ने अवस्थामा थिए । अहिले संविधान सभामा हामीसंग बामपन्थ देखि दक्षीणपन्थसम्म सवैको प्रतिनिधित्व छ । यस्तोमा उनीहरुले कहिले संविधान लेखनको प्रारम्भ गर्ने हो भन्ने हेर्न नै बाँकी छ । संविधान लेखन कुनै व्यक्तिको एकल सोचको विषयवस्तु होइन, यो त नेपाली जनताको साझा सोचको विषयवस्तु हो तर, अहिले संविधान लेखनको विषयमा विचार गर्नुभन्दा अघि हाम्रा नेताहरुलाई भर्खरै सम्पन्न निर्वाचनपछिको सरकार निर्माण गर्न कति समय लाग्ने हो भन्ने हेर्न बाँकी नै छ । हो हामीले बिर्सन नहुने पक्ष के हो भने बावलुवाटारभरिनै पर्छ र तत्कालका लागि संविधान लेखनको जटिल कार्यको शुरुवात गर्नुअघि राजनैतिक शक्तिहरुलाई सरकारको निर्माण संवेदनशील पक्ष हो । अब हेरिने पहिलो परीक्षा भनेको राजनैतिक दलहरु सरकार निर्माणको कामलाई कसरी अघि बढाउँछन् भन्ने नै हो । हामीलाई दोश्रो संविधान सभा संविधान निर्माण गर्ने दिशामा एउटा वियोगान्त घटनाको रुपमा देखा पर्दछ वा सुखद समाप्तिको एउटा आशाको रुपमा कति प्रतिबद्ध छ भन्ने कुराको महशुस गर्न अब लामो समय पर्खिनु पर्दैन । ब्यक्तिगत रुपमा म अब राम्रो परिणामतर्फ केन्दि्रत हुने घटनाक्रमकोे आशा गर्दछु । तर मलाई के पनि लाग्छ भने हामी अत्यन्त जटील परिस्थितीको लागि पनि त्यतिकै तयार रहनु उचित हुनेछ । मलाई निश्चित रुपमा के लाग्छ भने विगतमा जस्तै यसपटक पनि मतपेटिकाबाट आश्चर्यजनक परिणाम निस्कने छ जसले केहीमा उत्साह भर्नेछ भने केहीमा आक्रोश । उत्साह र आक्रोसले भरिएका दुवै पक्षहरुको परिपक्वताको प्रदर्शनीका लागि आउँदा दिनहरुमा एउटा स्टेज तयार होला । मेरो बुझाइ के छ भने नेपाली जनताहरुको धैर्यको बाँधलाईर् यसपछि पनि पुनः परीक्षण गर्न खोजियो भनेे हामीले नसोचेको परिणाम निस्कन सक्छ । कुनै पनि निर्वाचनमा जित हार भै नै रहन्छ र अझ धेरै संख्यामा त जित्ने भन्दा हार्नेहरु हुन्छन् । चलायमान प्रजातन्त्रमा सवै पक्षहरुले निर्वाचनको परीणामलाई स्विकार गरिन्छ र सवैको साझा प्रयासबाट मुलुकको निर्माण गर्ने प्रतिवद्धता पनि गरिन्छ । म यस निर्वाचनमा जित्ने तथा हार्ने दुवै पक्षलालई नेपाली जनताहरुको साझा भविश्य निर्माणकोागि एकै ठाउँमा उभिएर नयां संविधानको निर्माण र घोषणा गर्ने प्रजातान्त्रिक वाताबरण सिर्जना गर्ने साहस प्रदर्शन गर्न आग्रह गर्छु । साथै निर्वाचनको दौरान आफ्नो भिजन र योजना प्रस्तुत गर्ने सबै राजनैतिक दलहरुका युवा नेतृत्वबाट मैले पनि अरुले जस्तै प्रशस्त आशा राखेको छु । कृपया आफ्नो वचनलाई हल्का नबनाइदिनु होला र आफ्नो दलको नेतृत्व समक्ष आफुले गरेका वाचाहरुप्रति दृढ्ताका साथ जिम्मेदार भइदिनुहुन आग्रह गर्छु । मुलुकले विगतमा भए गरिएका कमी कमजोरीहरुलाई पछाडि छोडेर आजको दिनबाट गर्न सकिने काम प्रति ध्यान दिनु आवश्यक छ । हाम्रा राजनैतिक दलहरु र नेतृत्वले अब प्रमाणित गरेर देखाउनुपरेको छ कि उनीहरुले वास्तवमै आफ्नो प्रतिबद्धता पूरा गरेका छन् । तर, यस कार्यका लागि हामी जनता पनि अब विगतको जस्तै मध्यरातको आश्चर्य आउन नदिन चनाखो रहनु अत्यन्तै आवश्यक छ । मलाई विश्वास छ, नेपाली जनताहरुसित अहिले पनि राजनीतिक प्रकृया र राजनीतिक दलहरुप्रति बलियो विश्वास छ तर मलाई थाहा छ राजनीतिक दलहरुले काम मार्फत जनताको विश्वास आर्जन गर्नु अति नै महत्वपूर्णछ जुन उनीहरुले विगतमा गुमाएका थिए । म आशावादी भै अब मुलुकमा नयां संविधान बनोस् र त्यसको सही कार्यन्वयन भै समावेशी, सम्बृद्ध र शान्तिपूर्ण नेपाल निर्माणको खाका तयार होस भनी प्रार्थना गर्दछु । तर म पनि त नेपाली हुं र उल्लेखित कार्य सम्पन्न गर्न विगतमा असफल राजनैतिक नेतृत्वप्रतिको विश्वास गरिहाल्न सकिरहेको छैन । विगत जे जस्तो भए पनि अहिले कृपया सकारात्मक परिणामकोे लागि कामना गरौं । तर, साथसाथै के पनि नबिर्सौं भने यदि हामीले विगतकै पदचिन्हमा पुनः यात्रा प्रारम्भ गर्यौं भने हामी फरक गन्तब्यमा पुग्नेछौं भन्ने विश्वास गर्ने कुनै आधार छैन । नेपालका सबै छोराछोरीहरु ज्ास्तै म पनि हाम्रा नेताहरुलाई सही नेतृत्व प्रदान गर्दै दोस्रो संविधान सभामा विगतको नेतृत्वका कारण हामीमा पर्न गएको राजनैतिक नेताहरु प्रतिको अविश्वासको छापलाई गलत प्रमाणित गरिदिन, वालुवाटारमा मात्र आसन जमाउन ध्यान केन्दि्रत गर्ने कार्यलाई समाप्त गर्दै संविधान निर्माणमा ध्यान केन्दि्रत गरिदिनुहुन विनयपूर्वक अनुरोध गर्दछु । - चुनाव सकियो, अब के गर्ने ?

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार