Headlines News :
Home » » बमले बर्बात् बनायो ट्रक चालक राजुलाई

बमले बर्बात् बनायो ट्रक चालक राजुलाई






बारा, मंसिर नेपाल बन्द भएपछि बारा निजगढका ट्रक चालक राजु देउजा करेसाबारीमा लसुन रोप्दै थिए फुर्सदमा छोरा–छोरीसँगै तरकारी लगाउन व्यस्त राजुलाई ट्रक धनीले फोन गरेर जीतपुर सामान पु¥याएर आऊ भन्दा अनकनाएका थिए


ट्रक धनी हरि प्रसार्इंले पनि जान्छु आफ्नै ठाउँमा हो नि भन्दै बोलाएपछि अस्वीकार गर्न नसकि राजु ट्रक चलाएर जितपुर हान्निए

ट्रकको धान झारेर घर फर्किदै गरेको ट्रकमाथि बिहीबार बम हमला भयो पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डको पसाहा पुल आइपुग्नै लाग्दा जङ्गलबाट निस्केका बन्दकर्ताले चालकको क्याबिनमा नै पुग्ने गरी पेट्रोल बम हानेपछि शरीरमा आगो सल्कियो ज्यान जोगाउन हाम्फालेका सहचालक लवेश्वर चौधरी सामान्य घाइते भए बमको आगोले राजु हरि निकै जले स्थानीय प्रहरीले उद्धार गरी उनीहरूलाई वीरगन्ज पु¥याइयो सोही राति नै थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएका राजु आइतबार बिहान मृत घोषित भए गम्भीर घाइते हरिको उपचार भइरहेको

राजु गम्भीर भएको खबरले अत्तालिँदै श्रीमती सम्झना सिन्धुली माइतीघरबाट अस्पताल पुगे पनि जन्म दिने आमाबुबा आफ्ना दुई सन्तानले भने उनलाई देख्नसमेत पाएनन् राति अबेरसम्म राजमार्गमा बस कुरेर फर्किएका उनीहरूले हवाई जहाजको टिकटसमेत नपाएपछि पीडामाथि निरासा थपियो उनको शव निकै गलेको भन्दै काठमाडौँमा नै आज अन्त्येष्टि गरिएको

सानो उमेरबाट नै चालक बन्ने सपना बोकेर हिँडेका राजुले यही पेशामा लामो समय खर्चेका थिए आफ्नै मेहनतले प्रगति गर्दै गरेका उनको मृत्युले देउजा परिवारले अभिभावक गुमाएको १२ वर्षकी छोरी १० वर्षीय छोराका पिता राजुको मृत्युबाट निजगढ शोकमा डुबेको

हिजो मात्र चार पटक छोरासँग कुरा गरेकी राजुकी आमा चिनीमायाले बिहान छोरो गुमाएको समाचार सुनिन् मेरो उपचार भइरहेको , चाँडै निको हुन्छु भनेर पटक पटक कुरा गरेको छोराको मृत्युको खबरले उनका आँखामा आँशु रोकिएको छैन

साना नाती नातिना टुहुरा भएपछि उनीहरूको भविष्य अब के हुन्छ भन्ने चिन्ता हजुरआमालाई राजुका बुबा देव तामाङले सरकारले गर्न लागेको निर्वाचनको विरोधमा भएको बन्दको क्रममा सवारी चलाएर मारिएका छोरालाई राज्यले सहिदसरह सम्मान दिनुपर्ने माग गरेका छन्

नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दका क्रममा बाराका विभिन्न स्थानमा बम राखेर आतंक सृजना गर्ने काम भइरहेको जनता भाग्य भविष्य कोर्ने संविधानसभाको निर्वाचनको विरोधमा भएका बहिस्कारवादी आन्दोलन हिंस्रक हुँदै गइरहेको पछिल्लो प्रमाण राजुको घटनाले पुष्टि गरेको
-

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार