Headlines News :
Home » » माकुराले बढाउँछ मानवको उत्तेजना

माकुराले बढाउँछ मानवको उत्तेजना



विज्ञहरुका अनुसार बदलिँदो जिवनशैली, तनावको बढ्दो पारो तथा भोजनको असन्तुलनका कारण विश्वमा मानिसहरुको यौन क्षमतामा गिरावट आइरहेको यौन सम्बन्धि अपेक्षा बढ्नु तथा क्षमता घट्नुले मानिसमा झन तनाव थप्दैछ मानिसहरुले आफ्नो यौन क्षमता बढाउन विभिन्न खाले उपायहरु अपनाउने समेत गरेका छन् कतिपयले प्राकृतिक तवरले यौनशक्तिमा वृद्धि गर्ने काइदा खोज्छन् कतिले चिकित्सा विज्ञानको सहारा समेत लिन्छन् तर ब्राजिलमा एउटा यस्तो घटनाको खुलासा भएको जहाँ निकै डरलाग्दो तथा अनौठो तरिकालाई यौन क्षमता बढाउने काममा प्रयोग गर्ने गरिएको त्यहाँ कुनै जडीबुटी वा औषधि खाएर होइन एक माकुरालाई आफ्नो जिउमा टोकाएर यौन क्षमता बढाउने प्रचलन रहेको


निकै विषालु रहेको भनिएको एक प्रजातिको माकुरालाई जिउमा टोकाएपछि त्यसको विषले ठूलो प्रभाव पार्ने त्यसपछि मानिसमा उत्पन्न हुने यौन उत्तेजना लामो समयसम्म रहिरहने विश्वास मानिसहरुको रहेको
त्यसकारण वैज्ञानिकहरु आखिर त्यो माकुराको विषमा के त्यस्तो रसायन जसको कारण मानिसमा यौन उत्तेजना लामो समयसम्म रहिरहन्छ ? भन्ने कुराको अनुसन्धानमा जुटिरहेका छन् यो अनुसन्धानमा सफलता मिलेमा यसले यौन जगतमा क्रान्ति ल्याउने कतिपयको भनाइ
ब्राजिलियन वांडरिङ स्पाइडर को नामले चिनिने उक्त माकुराको विषले मानिसलाई एकातर्फ लठ्ठाउँछ भने अर्कोतर्फ यौन उत्तेजना पैदा गर्छ अमेरिकाको साइकोलोजिकल सोसाइटीको वाषिर्क बैठकमा शोधकर्ताहरुले यो माकुराको विषका विषयमा गरेको प्रारम्भिक अध्ययनको रिपोर्ट प्रस्तुत गरेका छन् जर्जिया मेडिकल कलेजका शोधकर्ताहरुले यो माकुराको विषलाई मुसामा सुइमार्फत दिएर हेर्दा भाले मुसामा यौन उत्तेजना बढाएको पाइयो उक्त
विश्वमा करोडौँ पुरुषहरु यौन उत्तेजनाको समस्याबाट पीडित रहेको अवस्थामा यो माकुराको विषलाई औषधि बनाएर प्रयोग गर्न सकिएमा त्यसले ठूलो तहल्का मच्चाउन सक्ने अनुमान गरिएको

माकुराले बढाउँछ मानवको उत्तेजना


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार