|
|
|
|
आफैँ बहिस्कृत हुने झाको भनाइ छ ।
रिपोटर्स क्लबले आज उपराष्ट्रपति निवासका आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सो पार्टी नआउँदा देशलाई घाटा नहुने र त्यसको सबैभन्दा धेरै घाटा उनीहरुलाई हुने बताउनुभयो ।
उहाँले निर्वाचनपछि पनि दलहरुको सहमति भएमा राष्ट्रपति र उपराष्ट्रपति फेर्न नपर्ने र आफ्नै कार्यकालमा नयाँ संविधान जारी हुने जनाउँदै तर आफूहरु पद लम्ब्याउने पक्षमा भने नरहेको जनाउनुभयो ।
उपराष्ट्रपति झाले नेपाली जनता, दल र अन्तर्राष्ट्रिय शक्तिहरु निर्वाचन हुनेमा विश्वस्त रहेको र सरकारले पनि आफ्नो जिम्मेवारीअनुसार कर्तव्य निर्वाह गरेकाले अब निर्वाचन तोकिएकै मितिमा हुने विश्वास व्यक्त गर्नुभयो


0 comments:
Speak up your mind
Tell us what you're thinking... !