|
|
|
|
२१ कात्तिक, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । बिहीबार बजारमा छापावाल सुन तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ४ सय रुपैयाँ घटेर ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजाबी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँ बढेर ५५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजाबी सुन तोलाको ५५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि बिहीबार तोलामा ६ रुपैयाँ बढेको छ । महासंघका अनुसार बिहीबार बजारमा चाँदी तोलाको ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा १६ रुपैयाँ घटेर ९ सय २४ रुपैयाँमा कारोबार भएको थियो ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !