|
|
|
|
काठमाडौं— उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीको संख्यामा गिरावट आएको छ। सन् २०१२/१३ मा अमेरिकाका कलेज एवं विश्वविद्यालयमा ८ हजार ९ सय २० विद्यार्थी भर्ना भएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा ७.३ प्रतिशतले कम रहेको काठमाडौं स्थित अमेरिकी दूताबासले जनाएको छ। अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्न जाने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या भने बढेको छ। अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानसम्बन्धी ओपन डोर्सद्वारा प्रकाशित सन् २०१३ को प्रतिवेदनअनुसार सन् २०१२/१३ शैक्षिक वर्षमा संयुक्त राज्य अमेरिकाका कलेज तथा विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या सात प्रतिशतले बढेर हालसम्मकै सबैभन्दा बढी ८ लाख १९ हजार ६ सय ४४ जना विद्यार्थी पुगेको छ।'अमेरिकामा नेपाली विद्यार्थीहरूको संख्या सन् २०१२÷१३ मा ७.३ प्रतिशतले घटेर ८,९२० पुग्यो', अमेरिकी दूताबासले भनेको छ- 'अमेरिका विद्यार्थी पठाउने राष्ट्रहरूमा नेपाल १४ औं स्थानमा थियो।'सन् २०११÷१२ मा नेपाल अध्ययन गर्न आउेन अमेरिकी विद्यार्थीहरूको संख्या अघिल्लो वर्षको तुलनामा २२.४ प्रतिशतले वृद्धि भई २५७ पुगेको दूताबासले जनाएको छ।अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई युनाइटेड स्टेट्स एजुकेशन फाउन्डेशन–नेपाल (युसेफ) ले सेवा उपलब्ध गराउँदै आएको छ। युसेफ–नेपालले विद्यार्थीका लागि आफ्नो वृहत् पुस्तकालय निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ। त्यहाँ कम्प्युटरद्वारा स्टान्डराइज्ड परीक्षा तथा अभ्यास परीक्षा लिने व्यवस्था समेत छ। युसेफ–नेपाल अमेरिकामा अध्ययन गर्ने आधिकारिक जानकारी दिने एक मात्र संस्था हो। -


0 comments:
Speak up your mind
Tell us what you're thinking... !