Headlines News :
Home » » झलनाथ खनाल: चुनावपछि थाहा हुन्छ बाघ र स्याल

झलनाथ खनाल: चुनावपछि थाहा हुन्छ बाघ र स्याल



काठमाडौ, कार्तिक १९ - एमाले अध्यक्ष झलनाथ खनालले मंसिर को लागि तय भएको संविधानसभाको निर्वाचन रोक्छु भन्नु दिवा सपना भएको दावी गरेका छन्


रिपोर्टर्स क्लबद्वारा साक्षात्कारमा बोल्दै उनले नेपाली जनता मतदानको लागि तम्तयार भएर बसिसकेकोले अब कसैले निर्वाचन रोक्न नसक्ने तर्क गरे
खनालले नेकपा-माओवादीलाई आमहडताल रोकेर जनताको मतको सम्मान गर्न आग्रह गर्दै त्यसो नगरी कानुन हातमा लिएर भाँड्न लागे सरकार कारवाही गर्न तयार हुनु पर्ने सुझाव दिए
केही छिटपुट घटना गरे पनि सरकारको अन्तरिम सुरक्षा तयारी राम्रो भएको भन्दै सरकार निष्पक्ष, भयरहित स्वतन्त्र पूर्ण निर्वाचन गर्न सक्षम रहेको खनालले दाबी गरे
एमाओवादी अध्यक्ष प्रचण्डले काग्रेस एमाले नरहेको भनि दिएको अभिब्यक्ति प्रति लक्षित गर्दै उनले भने,'प्रचण्डजी धैर्य गर्नुस्, मंसिर पछि को बाघ हुन्छ को स्याल हुन्छ ?'
प्रचण्डले नेकपा-माओवादीलाई मन्त्री परिषदबाट मनोनित हुने २६ सिट दिएर संविधानसभामा सहभागी गराउने भनी राखेको प्रस्तावमा माओवादीजस्तो ठूलो शक्तिलाई त्यस्तो प्रस्ताव राख्नु अपमान भएको भन्दै यस्तो कुरा गर्नु राम्रो नहुने चेतावनी दिए

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार