Headlines News :
Home » » टासीलाई कतार गल्फ

टासीलाई कतार गल्फ



काठमाडौं– टासी छिरिङले कतार एयरवेज ओपन गल्फ प्रतियोगिता जितेका छन्। गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न प्रतियोगितामा ३८ स्टेबलफोर्ड अंकका साथ टासी विजयी भएका हुन्। उनीभन्दा स्ट्रोकले पछि परेका चार्ली गुरुङ (३७) उपविजेता बने। ह्यान्डीक्यापका टासीले तेस्रो होलमा इगल छैटौं होलमा बर्डिज प्रहार गर्दै फ्रन्ट नाइनमा २२ अंकको प्रदर्शन गरेका थिए। १५ होलमा बर्डिज प्रहार गरेका उनले १०, १३ १८औं होलमा बोगी गरे। जसका कारण उनले ब्याक नाइनमा १६ अंकमा चित्त बुझाउनुपर्‍यो। सातौं होलमा एकमात्र बोगी गरेका चार्लीले फ्रन्ट
नाइनमा २० अंक बटुले। ब्याक नाइनमा १६औं होलमा बर्डिज गरेका उनले १७ १८औंमा बोगी १३औं होलमा डबल बोगी प्रहार गरे। ३२ अंकका साथ हृदयेश सिंहले बेस्ट ग्रस उपाधि जिते। बर्डिज प्रहार गरेका उनले मोस्ट बर्डिजको समेत उपाधि जिते। ग्रसमा मिथुन राई (३१) दोस्रा भए। मिथुनले लङ्गेस्ट ड्राइभको उपाधिसमेत जिते। ३२ अंकसहित महिलातर्फ रेखा घिमिरे विजयी भइन् भने पुष्पा राई (२६) दोस्रो स्थानमा आइन्। ३२ अंकका साथ ६० वर्ष माथिको प्रतिस्पर्धामा सुल्ट्रिम लामा विजयी भए। मुख्य उपाधिका विजेता टासीका छोरा तेन्जिङले जुनियरतर्फको उपाधि जिते। होलको प्रतिस्पर्धामा उनले २४ अंक बटुल। सूर्यांश चौधरी (२२) दोस्रो भए।सुहृद घिमिरेले क्लोजेस्ट टु पिन अवार्ड जिते। स्टेबलफोर्ड पद्धतिअनुसार / ह्यान्डीक्यापमा भएको प्रतिस्पर्धामा जुनियर, महिला गरी सय ११ गल्फरको सहभागिता थियो। विजेता खेलाडीलाई कतार एयरवेजका कन्ट्री मेनेजर रामदास शिवराम तथा गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले पुरस्कृत गरे।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार