Headlines News :
Home » » कांग्रेस-एमालेबीच मुख्य प्रति

कांग्रेस-एमालेबीच मुख्य प्रति



काठमाडौं— अघिल्लो संविधानसभामा पहिलो शक्तिका रुपमा रहेको एमाओवादी पछि परेपछि मत परिणाममा नेपाली कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। जातीय संघीयताको मुद्दालाई बोकेर चुनावमा होमिएको एमाओवादीले मुलुकभरि लज्जास्पद पराजय व्यहोर्दा कांग्रेस-एमाले गुमेको स्थान फर्काइरहेका छन्।



***
संविधान सभा चुनावमा मुलुकका धेरै स्थानमा पछि परेको एमाओवादीले सिट संख्या बढाउँदै गएको छ। अहिलेसम्म घोषणा भएको मत परिणामअनुसार एमाओवादीले ७ सिटमा विजय हाँसिल गरेको छ १७ सिटमा अग्रता लिइरहेको छ।
एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले गोरखा १ बाट २२८२४ मत ल्याएर विजयी भएका छन्। एमाओवादीका पूर्व स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अर्घाखाँची १ बाट १२२८६ मत ल्याएर विजयी भएका छन्।
पार्टीका चिनिएका अधिकांश नेताहरु पराजित भए पनि केहीले भने आफ्नो साख जोगाएका छन्। हिरतराज पाण्डे- गोरखा २, शिवकुमार मण्डल- मोरङ ४, गणेशमान पुन- रुकुम १, मानबहादुर थारु- बर्दिया ४, हरिबोल गजुरेल- सिन्धुली ३ बाट विजयी भएका छन्।
***
संविधानसभा निर्वाचनको पछिल्लो परिणाममा एमाले अग्र स्थानमा छ। दोस्रो स्थानमा सामान्य अन्तरले कांग्रेस दोस्रो स्थानमा छ। कांग्रेसका सबै शीर्ष नेताहरुले विजय प्राप्त गरेका छन्। सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा एवं उपसभापति रामचन्द्र पौडेल विजयी भएका छन्।
काठमाडौं १० क्षेत्रमध्ये ७ क्षेत्रमा नेपाली कांग्रेसले जित हासिल गरेको छ भने ३ क्षेत्रमा नेकपा एमालेले सफलता पाएको छ।
***
डडेल्धुरा— नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा डडेल्धुराबाट लगातार पाँचौं पटक विजयी भएका छन्। २०४६ को जनआन्दोलनपछि त्यस क्षेत्रबाट निरन्तर कांग्रेस उम्मेदवार बनेका देउवा संविधान सभाको दोस्रो निर्वाचनमा २३९२० मत ल्याई विजयी भएका हुन्।
पटक पटक प्रधानमन्त्री भएका देउवा नेपाली कांग्रेसका शीर्ष शक्तिशाली नेतामध्ये पर्छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमाओवादीका खगराज भट्टले १२४८३ मत प्राप्त गरेका थिए भने एमालेका ताराप्रसाद जोशीले ७१८९ मत प्राप्त गरे।

प्रधानले १४ हजार १ सय १४ मत पाए भने एमालेका योगेश भट्टराई १२ हजार ८ सय ५३ मतसहित दोस्रा । एनेकपा माओवादीका हिमाल शर्माको भागमा ६ हजार ७ सय ६४ मत ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल ८ हजार तीन सय ६१ मतसहित रौतहट १ बाट विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका अजय गुप्ताले ८ हजार २३ मत पाए ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल रौतहट १ र काठमाडौं २ दुवै क्षेत्रबाट विजयी भएका छन् । रौतहटमा

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार