|
|
|
|
काठमाडौं—उपराष्ट्रपति परमानन्द झाले मुलुक संविधान अनुसार नचल्दा राष्ट्रपति र आफ्नो पद दलहरुको हातमा पुगेको बताएका छन्। मुलुक संवैधानिक हिसाबमा भन्दा पनि राजनीतिक दलको सहमति आधारमा चलेकोले दलहरुले चाहँदासम्म आफूहरु पदमा कायम रहने उनले बताए। 'मुलुकमा संविधानका कुरा एकातिर छन्, राष्ट्रपति र दलहरुको निर्णय एकातिर छ', रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उपराष्ट्रपति झाले भने- 'संविधानको आधारमा केही भएको छैन। दलहरुको सहमतिको आधारमा मुलुक अघि बढेको छ त्यसैले दलहरुले चाहँदासम्म हामी पनि रहन्छौं।'पछिल्लो पटक संविधान संसोधन संविधानअनुसार नभइ दलहरुको आग्रहको अधारमा भएकोले आफूहरुको कार्यकालको विषयमा संविधानमा के लेखिएको छ भन्ने कुराको कुनै अर्थ नहुने उनले बताए। अब भविष्यमा पनि संविधान अनुसार चल्छ जस्तो लाग्दैन


0 comments:
Speak up your mind
Tell us what you're thinking... !