|
|
|
|
महोत्तरी, २२ कात्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा निर्वाचनमा आफ्नो पार्टीका जितले मात्र मुलुकलाई अग्रगामी संविधान दिन सक्ने बताउनुभएको छ । महोत्तरी जिल्लाको बर्दिवासमा मेची महाकाली जागरण अभियानअन्तर्गत शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ‘मुलुकको विकासप्रति आफ्नो दलको मात्र वैज्ञानिक दृष्टिकोण रहेकाले’ संविधान, स्थिरता, पहिचानसहितको सङ्घीयता र विकासका लागि एमाओवादीलाई आवश्यक बहुमतसहितको जित आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा सोही दलका अर्का नेता डा बाबुराम भट्टराईले जनतासँग आफ्नो दललाई आवश्यक बहुमत दिन अपिल गर्नुभयो । कार्यक्रममा साहित्यकार खगेन्द्र सङ्ग्रौलगायतले अग्रगमनका पक्षमा मतदान गर्न अपिल गर्नुभएको थियो


0 comments:
Speak up your mind
Tell us what you're thinking... !