Headlines News :
Home » » जनताको अभिमतलाई सम्मान गर : ओली

जनताको अभिमतलाई सम्मान गर : ओली



जनताको अभिमतलाई सम्मान गर : ओली
झापा, ७ मंसिर । नेकपा एमालेका नेता केपी शर्मा ओलीले जनताले दिएको अभिमत मान्दैनौँ भन्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको भन्दै एमाओवादीलाई संयमता अपनाएर मत परिणाम स्वीकार गर्न आग्रह गर्नुभएको छ । जनताले दिएको अभिमतलाई सम्मान गरेर राजनीतिक चरित्र देखाउन उहाँले आग्रह गर्नुभएको छ । आज बिहान दमक–१० स्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता ओलीले जारी मतपरिणाम प्रति एमाओवादीको सार्वजनिक टिप्पणी बालहठ भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो– “जित्नै पर्ने र मत परिणाम आफ्नो पक्षमा हुनैपर्छ भन्नु नाजायज तर्क भएकाले जनताले दिएको अभिमत स्वीकार नगरे राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट समेत ऊ आफैँ अलगिने छ ।”
जनताको भावनाअनुसारको संविधान निर्माणका लागि एमाओवादीलाई धैर्य गर्न ओलीले आग्रह गर्नुभयो । हारमा पीडाबोध हुने बताउँदै लोकतान्त्रिक संस्कारलाई स्वीकार गर्दै आवेगमा नआउन नेता ओलीले अगाडि भन्नुभयो– “म बेगर संसार चल्दैन भनेर सोच्नुहँुदैन ।”
अघिल्लो संविधानसभा निर्वाचनमा नेकपा एमालेले हार बेहोर्दा त्यसलाई स्वीकार गरेको र त्यस धैर्यताले अहिले जनताले सम्मान गरेको मत परिणामले देखाउन थालेको ओलीले जिकीर गर्नुभयो । ओलीले भन्नुभयो– “विगतमा हामीले पनि लज्जास्पद हार बेहोरेको हो र हामी त्यसबाट विचलित भएनौँ ।”
फरक एक प्रसङ्गमा एक वर्षभित्रमा संविधान जारी गर्न एमाले प्रतिबद्ध रहेको र एकीकृत नेकपा (माओवादी)लाई समेतसँगै लैजान आफूहरु तयार रहने पनि उहाँले बताउनुभयो । ओलीले भन्नुभयो– “हामी सबैलाई मिलाएर मुलुकको नेतृत्व दिन्छौँ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार