Headlines News :
Home » » यो बर्ष दसैंमा पनि नभरिने भए आन्तरिक उडान

यो बर्ष दसैंमा पनि नभरिने भए आन्तरिक उडान



काठमाडौ, आश्विन १७ - हवाई भाडा बढेपछि दसैंमा पनि जहाज चढेर घरतर्फ जानेहरूको संख्या घटेको छ । पछिल्लो पटक नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा ७ रुपैयाँ बढाएर प्रतिलिटर १ सय ३७ पुर्‍याएको छ । त्यसपछि विमान कम्पनीहरूले पनि हवाई भाडामा लिइने इन्धनबापतको मूल्य बढाएपछि यात्रा महँगो बनेको हो ।
'
नाफा भइरहे पनि बारम्बार मूल्य बढाउँदा सञ्चालन खर्च उठाउन हवाई भाडा बढाउन बाध्य छौं,' एक विमान कम्पनीका कर्मचारीले भने, 'तर यसको सीधा असर यात्रुमा पर्ने भएकाले त्यसले हाम्रो अकुपेन्सीमा पनि प्रभाव पार्छ ।' विराटनगर, भद्रपुर र तुम्लिङटार बाहेक अन्यत्र हवाई यात्रा गर्नभन्दा गाडीमै जानेहरू बढेको विमान कम्पनी सञ्चालकको अनुभव छ ।
यसरी आन्तरिक हवाई कम्पनीहरूको मुख्य कमाइ हुने सिजनमै यात्रु नपाएपछि इन्धनको मूल्यवृद्धि फिर्ता लिनुपर्ने लगायत माग राखेर वायुसेवा सञ्चालक आन्दोलनमा उत्रिएका छन् । तीनबुँदे माग राख्दै वायुसेवा सञ्चालक संघ -आयोन) ले आन्दोलनका कार्यक्रम थालेको छ ।
दसैंका बेला भरिभराउ हुने जहाज यसपटकको बुकिङ हेर्दा १० प्रतिशतजति सिट खाली रहने अनुमान सञ्चालकहरूको छ । 'सिमरामा हाम्रो ६ उडान रहेकामा त्यसलाई घटाएर ४ मा ल्याउन सक्छौं,' बुद्धका बजार प्रबन्धक रुपेश जोशीले भने ।
पोखरा, भैरहवा, नेपालगन्ज र धनगढी, महेन्द्रनगरलगायत क्षेत्रमा आरामदायी बसहरू चल्न थालेपछि बढी समय लागे पनि यात्रुहरू त्यसबाटै यात्रा गर्न रुचाउन थालेका छन् ।
पछिल्लो समयमा बसहरूले खाना, चलचित्र र एयरकन्डिसन सुविधा थपेका छन्् । भाडा बढेपछि यी क्षेत्रमा जहाज खालीजस्तै हुन थालेको वायु सेवा सञ्चालक संघका सदस्यले बताए । हवाई यात्रु आकर्ष्र्ित गर्ने पूर्वका केही गाडीमा वाइफाई सुविधासमेत ल्याइएको छ । यी सुविधासहित दूरी अनुसार बढीमा २ हजार रुपैयाँसम्म पर्छ ।
भाडा बढेपछि धनगढीको एकतर्फी हवाई उडान गर्न १० हजार ८ सय रुपैयाँ, नेपालगन्जका लागि ८ हजार ५५, भैरहवाका लागि ५ हजार ७ सय ६५, विराटनगरलाई ६ हजार ४ सय ९५ रुपैयाँ तिर्नुपर्ने भएको छ । जब कि बसबाट यी ठाउँसम्म जानका लागि १ हजार २ सय रुपैयाँसम्म काफी छ । भद्रपुरको हवाई भाडा ७ हजार ४ सय रुपैयाँ छ

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार